Monday, November 25, 2013

उनि सँगै मेला पात गरेको याँद आयो । हाँत समति हाँट जादा लरेको याद आयो ।

उनि सँगै मेला पात गरेको याँद आयो ।
हाँत समति हाँट जादा लरेको याद आयो ।

बे पुँजामा जाग्राम बस्दा एउटै बर्को ओढि, जाँडो हुदा उनकै छेउमा सरेको याँद आयो ।

परिवारको आँखा छलि सधै भेट्थ्यौ हामी, चढ्न खोज्दा झ्याल बाटै झरेको याँद आयो ।

माईला दाईको रत्यौली गफ गर्दै आगो ताप्दा, उनकै काखमा निदाई जुत्ता डरेको याँद आयो ।

रामे दाईको पुँजामा चै चिमोटेछु मैले, मलाई हेर्दै आँखा उनले तरेको याँद आयो ।

उनि पनि म सँग त रमायरै नाच्थिन, कस्ले धेरै नाच्ने बाँजी परेको याद आयो ।

उनि सँगै मेला पात गरेको याँद आयो ।
हाँत समति हाँट जादा लरेको याद आयो ।

रचना . बिदुर भण्डारी
#bidur

Friday, September 6, 2013

नसोध हाल खबर मेरो ज्वरोले थल्लि रहेछ ।

नसोध हाल खबर मेरो ज्वरोले थल्लि रहेछ ।
तातो पानी दबै मुलो यसमै जिबन चलि रहेछ ।।
शक्ति सालि हात गोँडा काम्न थाले आज भोली, पिँडाको त कुरै छोड भित्र भित्रै जलि रहेछ ।।।

नसोध हाल खबर मेरो ज्वरोले थल्लि रहेछ ।
तातो पानी दबै मुलो यसमै जिबन चलि रहेछ ।।

खाना खान परै जावस हेर्न समेत मन लाग्दैन , हेर्ने बोल्ने मनै छैन त्यसै ज्यान हल्लि रहेछ ।।।
नसोध हाल खबर मेरो ज्वरोले थल्लि रहेछ ।
तातो पानी दबै मुलो यसमै जिबन चलि रहेछ ।।
By bidur bhandari 

Wednesday, September 4, 2013

एनसेल कनेक्टमा एनटीको थ्रीजी चलाउनुस्


एनसेल, नीजि क्षेत्रको ठूलो दूरससञ्चार कम्पनी। नेपालमा ग्राहकको आधार हेर्दा यो नै सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हो। जसका ग्राहकको संख्या एक करोड भन्दा धेरै छ। जीएसएम मोबाइल सेवामा अग्रणी यसको थ्रीजी सेवामा रहेको डाटाको स्पीड राम्रो मानिन्छ। एनसेलले पनि आफ्नो डाटा स्पीड राम्रो भनेर धेरै विज्ञापन मात्र गरेको छैन, त्यसको शुल्क पनि धेरै नै लिइरहेको छ।
एनसेलको सेवा लिन सजिलो र राम्रो भएकाले युवा तथा शहरी पुस्ता यसमा बढी आकषिर्त छ। तर पछिल्लो समयमा नेपाल टेलिकमले आफ्नो सेवामा अचम्म लाग्ने गरेर सुधार गरेको छ। सस्तो डाटा शुल्क राखेको टेलिकमको थ्रीजीमा १० एमबीपीएस सम्मको गति आम उपभोक्ताले अनुभव गर्न थालेका छन्।
मोबाइल इन्टरनेटका रुपमा लिइने थ्रीजी सेवामा नेपाल टेलिकमको शुल्क एनसेलको भन्दा निक्कै नै कम छ। एनसेलले प्याकेजमा लिँदा तीन एमबी डाटाको शुल्क कर बाहेक ६ रुपैंयाँ लिन्छ भने प्याकेज बाहेकको प्रयोगमा ६ रुपैंया प्रति एमबी कर बाहेक लिन्छ। तर टेलिकमले भने कर बाहेक एक रुपैंया प्रति एमबीमा थ्रीजी डाटा सेवा दिइरहेको छ। एनसेलको प्याकेजको हिसाबमा हेर्ने हो भने टेलिकमको भन्दा एनसेलको डाटा शुल्क दोब्बर धेरै छ। त्यसो त प्याकेज बाहेकको शुल्कमा टेलिकम भन्दा एनसेलको डाटा शुल्क ६ गुणा बढी छ। त्यसो त एनसेलले डबल प्याकेज भनेर निश्चित नम्बरको प्रयोग गरेर सेवा लिएपछि जति आकारको प्याकेज किन्यो त्यती नै सित्तैमा पनि दिने गरेको छ।
एनसेलले सस्तोमा डाटाकार्ड सहितको थ्रीजी प्याकेज। एनसेल कनेक्टको नाममा बेचेको थियो र बेचिरहेको छ। जसमा उपभोक्ताले निश्चित आकारको डाटा प्याकेज र डाटाकार्ड थ्रीजी सीमसँग सस्तो मूल्यमा नै पाउँछन्। यसरी एनसेल कनेक्ट किनेकाहरुलाई एनसेलको थ्रीजी शुल्क महँगो लागेको खण्डमा उनीहरुले सस्तो नेपाल टेलिकमको थ्रीजी चलाउन पाउँदैनन्। एनसेलले डाटाकार्ड लक गरेको हुन्छ, त्यसमा एनसेल बाहेक अरु चल्दैन। तपाइँले पनि एनसेल कनेक्ट लिनुभएको छ र एनसेलको शुल्क महँगो लागेको छ अनि टेलिकमको सस्तो थ्रीजी चलाउन चाहनुहुन्छ भने अर्को डाटाकार्ड किन्नु पर्छ भन्ने लागिरहेको छ भने अर्को डाटा कार्ड किन्ने विचार छोडिदिनुस्। तपाइँले एनसेल कनेक्टको डाटा कार्डलाई सजिलै अनलक गर्न सक्नुहुन्छ, जसरी विदेशबाट पठाइदिएको फोनहरु अनलक हुन्छन् त्यसरी नै। त्यसका लागि थप व्ययभार पनि पर्दैन।
  • एनसेल कनेक्टको डाटाकार्डमा नेपाल टेलिकमको थ्रीजी कार्ड चलाउनका लागि तपाइँले सबै भन्दा पहिले डाटाकार्डबाट एनसेलको सीम हटाउनु पर्छ।
  • त्यसपछि तपाइँले एनसेल कनेक्टको आइएमइआइ नम्बर टिप्नुस। जुन डाटाकार्डको पछाडी लेखिएको हुन्छ। त्यसपछि यहाँबाट हुवावे अनलकर डाउनलोड गर्नुहोस्।
  • सीमकार्ड नराखी डाटाकार्डलाई कम्प्युटरमा जोड्नुहोस्। कम्प्युटरमा डाटाकार्ड जोडेपछि देखिने डाइलग बक्समा हुवावे अनलकरबाट तयार भएको कोड राख्नुहोस्।
  • त्यसपछि डाटाकार्डमा नेपाल टेलिकमको सीम राखेर टेलिकमको सेवाका लागि नयाँ प्रोफाइल तयार गर्नुहोस्।
  • त्यसपछि सेभमा क्लिक गरेर एनसेल कनेक्ट सफ्टवेयरलाई रिस्टार्ट गरि प्रोफाइलमा एनसेलको सट्टामा नेपाल टेलिकम छान्नुहोस्। त्यसपछि तपाइँको एनसेल कनेक्टमा नेपाल टेलिकमको थ्रीजी चल्छ।
यसरी एनसेल कनेक्ट चलाइरहेकाहरुले एनसेल कनेक्टमा नै नेपाल टेलिकमको थ्रीजी पनि चलाउन सक्छन्।
यो आलेखको महत्वपूर्ण् सूचना एनसेल कनेक्ट हृयाक गर्ने तरिकाटेकसन्सारको हृयाक ट्यूटोरियलबाट लिइएको हो। एनसेल कनेक्टमा नेपाल टेलिकमको थ्रीजी चलाउने तरिका अंग्रेजी भाषामा सविस्तार यहाँ छ।

तिम्रै फोनको प्रतिक्षामा रात चलेछ थाँह पाँय ।

तिम्रै फोनको प्रतिक्षामा रात चलेछ थाँह पाँय ।
यस्सो कोल्टे फर्कि हेर्दा मन जलेछ थाँह पाँय ।।
कति गरे मिसकल तिम्लाई म्यासेज पनि पठाइनौ, तिम्रो मनको बगैचाँमा रिस फलेछ थाँह पाँय ।।।
तिम्रै फोनको प्रतिक्षामा रात चलेछ थाँह पाँय ।
यस्सो कोल्टे फर्कि हेर्दा मन जलेछ थाँह पाँय ।।
मनको मन्दिर उच्च थ्यो र सधै मलाई सम्झि रन्थेउ, कुन कुराले चित्त दुखी मन ढलेछ थाँह पाँय ।।।
तिम्रै फोनको प्रतिक्षामा रात चलेछ थाँह पाँय ।
यस्सो कोल्टे फर्कि हेर्दा मन जलेछ थाँह पाँय ।।
नयनहरु अनयासै टोलाउन पो थालेछन, सिरानिनै आशु भेलले सब गलेछ थाँह पाँय।
तिम्रै फोनको प्रतिक्षामा रात चलेछ थाँह पाँय ।
यस्सो कोल्टे फर्कि हेर्दा मन जलेछ थाँह पाँय ।।
रचना~बिदुर भन्डारी

तिम्रो मनको बगैँचामा फुल्न सकिन ।

तिम्रो मनको बगैँचामा फुल्न सकिन ।
बिर्सेउ होला तिम्ले तर भुल्न सकिन ।।
अनयासै तिम्रो मनमा बाढि पहिरो चलेपछि, बाटोहरु भत्किगए डुल्न सकिन।।
तिम्रो मनको बगैँचामा फुल्न सकिन ।
बिर्सेउ होला तिम्ले तर भुल्न सकिन ।।
सम्झना मा नआऊ कित कि सिकाई देऊ भुल्ने बाटो, कत्ति खुसि थिए पहिला खुल्न सकिन ।।
तिम्रो मनको बगैँचामा फुल्न सकिन ।
बिर्सेउ होला तिम्ले तर भुल्न सकिन ।।
रचना~बिदुर भन्डारी

फोन उठाएकै भरमा खातामा खुत्रुक्क एक रुपैया जम्मा


काठमाडौं - मोबाइलको घन्टी बज्दा फोन उठाएकै भरमा खातामा खुत्रुक्क एक रुपैयाँ जम्मा हुन्छ भने त्योभन्दा सजिलो आम्दानी अर्को के होला? कुरा यत्ति हो, फोन उठाउनुअघि ६ सेकेन्डसम्म कुनै व्यापारिक विज्ञापन हेर्ने धैर्य तपाईंमा हुनुपर्छ। हो, सिरान टेक्नोलोजीले 'क्यास अन एड' नामक मोबाइल एप्लिकेसन निर्माण गरेको छ, जसको प्रयोग गरेर अहिले सित्तैमा उठाइरहेका फोन कलबाट बसीबसी आम्दानी गर्न सकिन्छ। त्यो पनि प्रत्येक कलमा एक सेन्ट, जुन अहिले डलरको भाउ बढेकाबेला एक रुपैयाँभन्दा बढी हुन्छ।

'एन्ड्रोइड अपरेटिङ सिस्टम' भएका स्मार्ट फोनमा गुगल प्लेबाट सजिलै यो एप्लिकेसन डाउनलोड गर्न सकिन्छ। फेसबुक वा क्यास अन एडमार्फत् लगअन गरेपछि एप्लिकेसन रजिस्टर हुन्छ। आफ्नो नाम, ठेगाना, इमेल, पासवर्ड र जन्ममिति राखेर अकाउन्ट बनाएपछि यो एप्लिकेसन प्रयोग गर्न सकिन्छ। त्यसपछि मोबाइलमा घन्टी बज्नेबित्तिकै स्त्रि्कनमा डिजिटल विज्ञापन बज्छ। 

विज्ञापन हेर्न मन नभए सोझै फोन उठाउन सक्नुहुन्छ। नत्र कम्तीमा ६ सेकेन्ड त्यही विज्ञापन हेरेबापत् एक अमेरिकी सेन्ट कमाउन सकिन्छ। जति मोबाइल उठाउँदै गयो, अकाउन्टमा उति रकम जम्मा हुँदै जान्छ। कति पैसा जम्मा भयो भन्ने सूचना प्रत्येक कलपछि एप्लिकेसनमै आउँछ। १० डलर जम्मा भएपछि प्रयोगकर्ताले रकम निकाल्नसक्ने कम्पनीले जनाएको छ। रकम निकाल्न इसेवा भने लिनैपर्छ। अन्य देशका लागि पेपल अकाउन्ट पनि प्रयोग गर्न सकिन्छ।

औपचारिक रूपमा केही दिनभित्र सार्वजनिक हुन लागेको यो एप्लिकेसन गुगल प्लेमा राखेको २० दिन भइसक्यो। अहिलेसम्म करिब १० हजार डाउनलोड भइसके। सिरान टेक्नोलोजीले विश्वमै पहिलोचोटि यस्तो एप्लिकेसन निर्माण गरेको दाबी गरेको छ। कम्पनीका अध्यक्ष विश्वास ढकालले डिजिटल विज्ञापनलाई प्रभावकारी बनाउन मोबाइल स्त्रि्कनमा विज्ञापन गर्ने एप्लिकेसन निर्माण गरेको जानकारी दिए।

'यो एप्लिकेसनबाट धेरैभन्दा धेरै समूहमा प्रभावकारी रूपले विज्ञापन गर्न सकिन्छ,' उनले नागरिकसँग भने, 'स्मार्टफोनको प्रयोग अहिले व्यापक भइसक्यो, अबका दिनमा विज्ञापनको सशक्त माध्यम यही हो।'

यसअघि आधा दर्जन मोबाइल एप्स निर्माण गरेको सिरान टेक्नोलोजीले क्यास अन एडमा अहिलेसम्म पशुपति पेन्ट्स, कलर्स मोबाइल, बर्जर पेन्ट्स, बजाज मोटरसाइकल, आफ्नै कम्पनी लगायतको विज्ञापन राखेको छ। सम्बन्धित विज्ञापनदाता कम्पनी र एप्लिकेसन कम्पनीबीच सम्झौता भएपछि मोबाइलमा विज्ञापन बज्न थाल्छ। विज्ञापनदाताले तिर्ने शुल्कबाटै प्रयोगकर्तालाई पैसा दिने ढकालले बताए।

कम्पनीले यो एप्लिकेसन एकैचोटि १० भन्दा बढी देशमा सार्वजनिक गर्ने योजना बनाएको छ। 'यसले नेपाली एप्लिकेसनलाई विश्वव्यापी बजारमा पुर्‍याउने आशा गरेका छौं,' ढकालले भने।

Tuesday, September 3, 2013

माइक्रोसफ्टले नोकिया कम्पनी किन्यो


‘कनेक्टिङ पिपल’, यही नारामा बेतारे फोन मोबाइलको व्यवसायको बादशाह बन्न सफल भएको नोकिया व्यवसायिक असफलतासँगै आफ्नो हात अर्को कम्पनीसँग मिलाउन पुगेको छ। अमेरिकी सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टसँग नोकियाले मोबाइल उपकरण, सेवा र पेटेन्ट बिक्रिको हात सार्वजनिक रुपमा मिलाएको हो।
Stephen Elop(तस्वीर सिनेटबाट लिइएको)
मोबाइल फोनको पर्याय बनेको नोकिया अन्तत माइक्रोसफ्टको हातमा पुगेको छ। सेप्टेम्बर ३ को मंगलबार नोकिया र माइक्रोसफ्टले घोषणा गरेका छन् कि अब नोकियाको उपकरण र सेवा व्यापार साथै पेटेन्ट माइक्रोसफ्टले खरिद गरेको छ। यसका कानुनी र प्राविधिक प्रक्रियाहरु छिटै पुरा हुनेछन्। ७ अर्ब २० करोड डलरमा भएको यो सम्झौताले करिब करिब सबै मोबाइल सम्बन्धी नोकियाको अधिकार माइक्रोसफ्टमा सरेको छ। विश्वको सफ्टवेयर किङ भनेर चिनिने माइक्रोसफ्टका लागि पछिल्लो समय सफ्टवेयरको क्षेत्रमा पनि कडा प्रतिस्पर्धाको वातावरण छ। माइक्रोसफ्टका लागि सफ्टवेयरबाट हार्डवेयरको यात्रा फलामको च्यूरा समान हुने विश्लेषण पनि गरिएको छ। जे भएपनि विश्वको प्रविधि क्षेत्रको सबै भन्दा ठूलो खरिद बिक्रिको यो सार्वजनिकीकरणले उपभोक्तालाई पनि केही न केही पक्कै फाइदा हुने छ जुन आगामी दिनमा देखिनेछ।
01_nokia_Old Phone
सन् १९६५ मा इन्जिनियर कुन्ट फ्रेडरिक इदेस्तामले दक्षिणी फिनल्याण्डमा कागज मिल खोले। उनको अर्को दोस्रो मिल नोकियनभिर्टा नदीको किनारामा खोले। नोकियाले आफ्नो नाम यहि नदीको नामबाट राखेको हो। आफ्नो व्यवसायलाई कागजबाट रबर, केबल र विद्युतिय सामग्रीका क्षेत्रमा विस्तार गरेपछि नोकियाले सन् १९६८ मा मोबाइल क्षेत्रमा प्रवेश गर्‍यो जहाँ उ निक्कै सफल भयो।
02_mobira_senator
सन् १९९७ मा नोकिया र सलोरा मिलेर मोबीरा नामको रेडियो टेलिफोन कम्पनी खोले। सन् १९८१ मा नोकियाले नोर्डिक मोबाइल टेलिफोन सेवा सुरु भयो। यो नै विश्वको पहिलो अर्न्तराष्ट्रिय सेलुलर नेटवर्क हो। नोकियाले पहिलो कारफोन मोबीरा सेनाटोर सन् १९८२ मा सार्वजनिक गर्‍यो।
03_mobira_talkman
मोबीरा टकम्यान, वायरलेस कारफोन सन् १९८४ मा सार्वजनिक भयो। यसको ब्याट्रीको कारण यो फोन निक्कै वजनदार थियो।
04_mobira_cityman
सन् १९८७ मा नोकियाले आफ्नो फोनको तौलमा निक्कै कमी ल्यायो। पहिलो हाते फोनका रुपमा नोकियाले मोबीरा सीटीम्यान ल्यायो। मोबीरा सीटीम्यान ९०० जम्मा ८०० ग्रामको थियो जसको मुल्य चारहजार पाँचसय ६० डलर थियो। तत्कालिन सोभियत नेता मिखाइल गोर्भाचोवले सोही मोबाइल सेट प्रयोग गरी फोन गरेको तस्विरको लोकप्रियतासँगै यो फोन गोर्भाका नामबाट पनि चर्चित बन्यो।
05_nokia_1011
सन् १९९१ मा जीएसएम मोबाइल नेटवर्कको सुरुवातसँगै नोकियाले पहिलो डिजिटल हाते सेट बनारमा ल्यायो। पहिलो नोकिया जीएसएम मोबाइल सेट थियो नोकिया १०११। विश्वको पहिलो जीएसएम कल नोकियाको सेटबाटै गरिएको थियो।
06_nokia_101
सन् १९९२ मा नोकियाले १०११ मोडलको विकासलाई निरन्तरता दिँदै नोकिया १०१ फोन बजारमा ल्यायो। यो फोन लामो बनाउन मिल्ने एरियल सहितको थियो।
07_nokia_2110
सन् १९९४ मा नोकिया २११० मोडलमा अर्को मोबाइल सेट बजारमा ल्यायो। यो पहिलो फोन हो जसमा नोकिया ट्यूनलाई रिङटोनका रुपमा राखिएको थियो। यो सेटले निक्कै सफलता पायो। नोकियाले यो मोडलको सेट जम्मा चार लाख बेच्ने लक्ष्य राखेको थियो। तर विश्वभर यसको बिक्रि दुई करोड भयो।
08_nokia_8110
केरा आधारको नोकिया ८११० सन् १९९६ मा सार्वजनिक भयो। स्लाइड गर्ने सुविधा भएको यो फोन सन् १९९९ को ब्लकबस्टर फिल्म द मेट्रिक्समा प्रयोग भएपछि लोकप्रिय बन्यो।
09_nokia_6110
नोकिया ६११० मोबाइल सेट सन् १९९७ मा सार्वजनिक भयो जसमा सर्प भएको खेल समेत राखिएको थियो। नोकियामा रहेको यो स्नेक गेम करिब तीन अर्ब ५० करोड सेटमा उलब्ध छ। निक्कै बिकेको यो सेटमा इन्फ्रारेड पोर्ट र मेनु आइकन थियो।
10_nokia_8810
सन् १९९८ मा सार्वजनिक भएको नोकिया ८८१० फोन पहिलो मोबाइल हो जसमा बाहिर एन्टेना थिएन। यसमा रहेको स्लाइडर पनि यसको आकर्षणको एउटा कारण थियो। यही फोन सार्वजनिक गरेको वर्ष नोकिया विश्वको मोबाइल उत्पादक कम्पनी मध्ये नम्बर एक बन्यो।
11_nokia_6650
सन् २००२ मा नोकियाले ६६५० मोडलको फोनसँगै पहिलो पटक तेस्रो पुस्ताको, थ्रीजी मोबाइल फोन सार्वजनिक गर्‍यो।
12_nokia_7650
सन् २००२ मा नै नोकियाले पहिलो पटक रंगिन डिस्प्ले सहितको फोन ल्यायो। नोकिया ७६५० फोनमा पहिलो पटक इन्ब्यूल्ट क्यामेरा थियो। जुन रंगिन डिस्प्ले सहित आएको पहिलो नोकिया फोन थियो।
13_nokia_3650
सन् २००२ मा नै नोकियाले पहिलो पटक भिडियो रेकर्ड गर्न सक्ने मोबाइल ल्यायो। नोकिया ३६५० मोडलको यो फोन त्यतिबेलाको निक्कै क्रेज फैल्याएको फोन मानिन्छ।
14_nokia_n-gage
नोकियाले मोबाइल फोन र हाते खेल डिभाइसको रुपमा एन गेजलाई सन् २००३ मा बजारमा ल्यायो। हातमा लिएर हिंड्न सकिने गेम स्टेशनको रुपमा नोकियाको यो उत्पादन निक्कै लोकप्रिय रहे पनि सन् २००९ मा उसले यसको विकासलाई रोक्यो। र सन् २०१० देखी यसको सेवा नै बन्द गर्‍यो।
15_nokia_n70
नोकियाले मनोरञ्जन र सञ्चारलाई जोड दिँदै सन् २००५ मा एन सिरिजका मोबाइल उत्पादन गर्न थाल्यो। एन ७०, एन ९० र एन ९१ यो सिरिजका लोकप्रिय र चलेका मोबाइल बने। यी सेटहरुमा भिडियो, फोटो र इन्टरनेटको राम्रो सुविधा थियो। थ्रीजी फोनका रुपमा यीनको बिक्रि र प्रयोग विश्वभर भयो।
16_nokia-5300
नोकियाले आइपड पुस्तको विकाससँगै गीत सुन्ने पुस्तालाई ध्यानमा राखेर म्युजिक एक्सप्रेस फोनहरु पनि बजारमा ल्यायो। जुन सफल पनि भए। नोकिया एक्सप्रेस म्युजिकका रुपमा आएका नोकिया ५३०० सिरिजका फोन निक्कै लोकप्रिय रहे। स्लाइड, क्यामेरा र इन्टरनेट सुविधा भएका फोन एशियाली मुलुकमा धेरै चले।
17_nokia_n8
नोकियाले सन् २०१० मा एन ८ फोन बजारमा ल्यायो। स्मार्टफोनका रुपमा एण्ड्रोइड युक्त फोनहरु आउनु अघि सम्म यसले नोकियालाई मानिसहरुको चाहना भएको फोन कम्पनीको रुपमा नै अड्याउन सक्यो। तर मुल्यमा नोकिया महँगो भएकाले आममानिसलाई भने यसले खासै आकर्षित गर्न सकेन।
18-nokia-lumia-800-710
स्मार्ट फोनको आगमन साथै अन्य प्रतिस्पर्धीले आफूसँगको दूरीलाई घटाइरहेको अवस्थामा नोकियाले बजारमा आशाका किरण छर्ने गरि नोकिया आशा ल्याए पनि त्यसले उसलाई त्यती धेरै सफलता दिएको छैन। सन् २०१२ मा नोकियाको आशाले पनि आशलाग्दो सुधार देखाउन सकेन।
Nokia-Pureview-808-3
तर सन् २०१२ मा नोकियाले मोबाइल वर्ल्ड कंग्रेसमा उतारेको नोकिया प्योरभ्यू ८०८ ले भने मोबाइलको दुनियाँमा हलचल नै ल्यायो। नोकियाले यसमा ४१ मेगा पिक्सलको क्यामेरा भएको फोनले नोकियाको खस्केको अवस्थालाई भने केही राहत दिन सकेन।
Nokia-lumia-1020 Smart Phone Nokia 41 megapixal Camera Phoneसन् २०१३ को जुलाइमा नोकियाले नयाँ स्मार्टफोन बजारमा ल्यायो। ४१ मेगापिक्सलको क्यामेरा रहेको लुमिया १०२०। स्मार्टफोनको बजारमा निक्कै अगाडी रहेको सामसुङ र बलियो अमेरिकी खेलाडी एप्पलसँग जुध्नका लागि तर यसले दिने सफलता भने माप्ने अवस्थामा पुगिसकेको छैन।
मोबाइल फोनको हस्तीका रुपमा उदाएको नोकिया नचिन्ने सायदै नेपाली छन्। तर नोकियाको उदय फिनल्याण्डबाट भएर अब अस्त अमेरिकामा भएको छ। अमेरिकी कम्पनी माइक्रोसफ्टको साथ पछि नोकियाको यो पाताल (नेपालका लागि अमेरिका) प्रवेश भोलिको उदाउँदो रातो र्सूयको लागि हुनसक्छ या सक्दैन त्यो भने समय र बजारले नै देखाउने छ।