Wednesday, September 4, 2013

तिम्रै फोनको प्रतिक्षामा रात चलेछ थाँह पाँय ।

यस्सो कोल्टे फर्कि हेर्दा मन जलेछ थाँह पाँय ।।
कति गरे मिसकल तिम्लाई म्यासेज पनि पठाइनौ, तिम्रो मनको बगैचाँमा रिस फलेछ थाँह पाँय ।।।
तिम्रै फोनको प्रतिक्षामा रात चलेछ थाँह पाँय ।
यस्सो कोल्टे फर्कि हेर्दा मन जलेछ थाँह पाँय ।।
मनको मन्दिर उच्च थ्यो र सधै मलाई सम्झि रन्थेउ, कुन कुराले चित्त दुखी मन ढलेछ थाँह पाँय ।।।
तिम्रै फोनको प्रतिक्षामा रात चलेछ थाँह पाँय ।
यस्सो कोल्टे फर्कि हेर्दा मन जलेछ थाँह पाँय ।।
नयनहरु अनयासै टोलाउन पो थालेछन, सिरानिनै आशु भेलले सब गलेछ थाँह पाँय।
तिम्रै फोनको प्रतिक्षामा रात चलेछ थाँह पाँय ।
यस्सो कोल्टे फर्कि हेर्दा मन जलेछ थाँह पाँय ।।
रचना~बिदुर भन्डारी

No comments:

Post a Comment