Wednesday, September 4, 2013

एनसेल कनेक्टमा एनटीको थ्रीजी चलाउनुस्


एनसेल, नीजि क्षेत्रको ठूलो दूरससञ्चार कम्पनी। नेपालमा ग्राहकको आधार हेर्दा यो नै सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हो। जसका ग्राहकको संख्या एक करोड भन्दा धेरै छ। जीएसएम मोबाइल सेवामा अग्रणी यसको थ्रीजी सेवामा रहेको डाटाको स्पीड राम्रो मानिन्छ। एनसेलले पनि आफ्नो डाटा स्पीड राम्रो भनेर धेरै विज्ञापन मात्र गरेको छैन, त्यसको शुल्क पनि धेरै नै लिइरहेको छ।
एनसेलको सेवा लिन सजिलो र राम्रो भएकाले युवा तथा शहरी पुस्ता यसमा बढी आकषिर्त छ। तर पछिल्लो समयमा नेपाल टेलिकमले आफ्नो सेवामा अचम्म लाग्ने गरेर सुधार गरेको छ। सस्तो डाटा शुल्क राखेको टेलिकमको थ्रीजीमा १० एमबीपीएस सम्मको गति आम उपभोक्ताले अनुभव गर्न थालेका छन्।
मोबाइल इन्टरनेटका रुपमा लिइने थ्रीजी सेवामा नेपाल टेलिकमको शुल्क एनसेलको भन्दा निक्कै नै कम छ। एनसेलले प्याकेजमा लिँदा तीन एमबी डाटाको शुल्क कर बाहेक ६ रुपैंयाँ लिन्छ भने प्याकेज बाहेकको प्रयोगमा ६ रुपैंया प्रति एमबी कर बाहेक लिन्छ। तर टेलिकमले भने कर बाहेक एक रुपैंया प्रति एमबीमा थ्रीजी डाटा सेवा दिइरहेको छ। एनसेलको प्याकेजको हिसाबमा हेर्ने हो भने टेलिकमको भन्दा एनसेलको डाटा शुल्क दोब्बर धेरै छ। त्यसो त प्याकेज बाहेकको शुल्कमा टेलिकम भन्दा एनसेलको डाटा शुल्क ६ गुणा बढी छ। त्यसो त एनसेलले डबल प्याकेज भनेर निश्चित नम्बरको प्रयोग गरेर सेवा लिएपछि जति आकारको प्याकेज किन्यो त्यती नै सित्तैमा पनि दिने गरेको छ।
एनसेलले सस्तोमा डाटाकार्ड सहितको थ्रीजी प्याकेज। एनसेल कनेक्टको नाममा बेचेको थियो र बेचिरहेको छ। जसमा उपभोक्ताले निश्चित आकारको डाटा प्याकेज र डाटाकार्ड थ्रीजी सीमसँग सस्तो मूल्यमा नै पाउँछन्। यसरी एनसेल कनेक्ट किनेकाहरुलाई एनसेलको थ्रीजी शुल्क महँगो लागेको खण्डमा उनीहरुले सस्तो नेपाल टेलिकमको थ्रीजी चलाउन पाउँदैनन्। एनसेलले डाटाकार्ड लक गरेको हुन्छ, त्यसमा एनसेल बाहेक अरु चल्दैन। तपाइँले पनि एनसेल कनेक्ट लिनुभएको छ र एनसेलको शुल्क महँगो लागेको छ अनि टेलिकमको सस्तो थ्रीजी चलाउन चाहनुहुन्छ भने अर्को डाटाकार्ड किन्नु पर्छ भन्ने लागिरहेको छ भने अर्को डाटा कार्ड किन्ने विचार छोडिदिनुस्। तपाइँले एनसेल कनेक्टको डाटा कार्डलाई सजिलै अनलक गर्न सक्नुहुन्छ, जसरी विदेशबाट पठाइदिएको फोनहरु अनलक हुन्छन् त्यसरी नै। त्यसका लागि थप व्ययभार पनि पर्दैन।
  • एनसेल कनेक्टको डाटाकार्डमा नेपाल टेलिकमको थ्रीजी कार्ड चलाउनका लागि तपाइँले सबै भन्दा पहिले डाटाकार्डबाट एनसेलको सीम हटाउनु पर्छ।
  • त्यसपछि तपाइँले एनसेल कनेक्टको आइएमइआइ नम्बर टिप्नुस। जुन डाटाकार्डको पछाडी लेखिएको हुन्छ। त्यसपछि यहाँबाट हुवावे अनलकर डाउनलोड गर्नुहोस्।
  • सीमकार्ड नराखी डाटाकार्डलाई कम्प्युटरमा जोड्नुहोस्। कम्प्युटरमा डाटाकार्ड जोडेपछि देखिने डाइलग बक्समा हुवावे अनलकरबाट तयार भएको कोड राख्नुहोस्।
  • त्यसपछि डाटाकार्डमा नेपाल टेलिकमको सीम राखेर टेलिकमको सेवाका लागि नयाँ प्रोफाइल तयार गर्नुहोस्।
  • त्यसपछि सेभमा क्लिक गरेर एनसेल कनेक्ट सफ्टवेयरलाई रिस्टार्ट गरि प्रोफाइलमा एनसेलको सट्टामा नेपाल टेलिकम छान्नुहोस्। त्यसपछि तपाइँको एनसेल कनेक्टमा नेपाल टेलिकमको थ्रीजी चल्छ।
यसरी एनसेल कनेक्ट चलाइरहेकाहरुले एनसेल कनेक्टमा नै नेपाल टेलिकमको थ्रीजी पनि चलाउन सक्छन्।
यो आलेखको महत्वपूर्ण् सूचना एनसेल कनेक्ट हृयाक गर्ने तरिकाटेकसन्सारको हृयाक ट्यूटोरियलबाट लिइएको हो। एनसेल कनेक्टमा नेपाल टेलिकमको थ्रीजी चलाउने तरिका अंग्रेजी भाषामा सविस्तार यहाँ छ।

No comments:

Post a Comment