‘कनेक्टिङ पिपल’, यही नारामा बेतारे फोन मोबाइलको व्यवसायको बादशाह बन्न सफल भएको नोकिया व्यवसायिक असफलतासँगै आफ्नो हात अर्को कम्पनीसँग मिलाउन पुगेको छ। अमेरिकी सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टसँग नोकियाले मोबाइल उपकरण, सेवा र पेटेन्ट बिक्रिको हात सार्वजनिक रुपमा मिलाएको हो।
(तस्वीर सिनेटबाट लिइएको)
मोबाइल फोनको पर्याय बनेको नोकिया अन्तत माइक्रोसफ्टको हातमा पुगेको छ। सेप्टेम्बर ३ को मंगलबार नोकिया र माइक्रोसफ्टले घोषणा गरेका छन् कि अब नोकियाको उपकरण र सेवा व्यापार साथै पेटेन्ट माइक्रोसफ्टले खरिद गरेको छ। यसका कानुनी र प्राविधिक प्रक्रियाहरु छिटै पुरा हुनेछन्। ७ अर्ब २० करोड डलरमा भएको यो सम्झौताले करिब करिब सबै मोबाइल सम्बन्धी नोकियाको अधिकार माइक्रोसफ्टमा सरेको छ। विश्वको सफ्टवेयर किङ भनेर चिनिने माइक्रोसफ्टका लागि पछिल्लो समय सफ्टवेयरको क्षेत्रमा पनि कडा प्रतिस्पर्धाको वातावरण छ। माइक्रोसफ्टका लागि सफ्टवेयरबाट हार्डवेयरको यात्रा फलामको च्यूरा समान हुने विश्लेषण पनि गरिएको छ। जे भएपनि विश्वको प्रविधि क्षेत्रको सबै भन्दा ठूलो खरिद बिक्रिको यो सार्वजनिकीकरणले उपभोक्तालाई पनि केही न केही पक्कै फाइदा हुने छ जुन आगामी दिनमा देखिनेछ।

सन् १९६५ मा इन्जिनियर कुन्ट फ्रेडरिक इदेस्तामले दक्षिणी फिनल्याण्डमा कागज मिल खोले। उनको अर्को दोस्रो मिल नोकियनभिर्टा नदीको किनारामा खोले। नोकियाले आफ्नो नाम यहि नदीको नामबाट राखेको हो। आफ्नो व्यवसायलाई कागजबाट रबर, केबल र विद्युतिय सामग्रीका क्षेत्रमा विस्तार गरेपछि नोकियाले सन् १९६८ मा मोबाइल क्षेत्रमा प्रवेश गर्यो जहाँ उ निक्कै सफल भयो।
सन् १९९७ मा नोकिया र सलोरा मिलेर मोबीरा नामको रेडियो टेलिफोन कम्पनी खोले। सन् १९८१ मा नोकियाले नोर्डिक मोबाइल टेलिफोन सेवा सुरु भयो। यो नै विश्वको पहिलो अर्न्तराष्ट्रिय सेलुलर नेटवर्क हो। नोकियाले पहिलो कारफोन मोबीरा सेनाटोर सन् १९८२ मा सार्वजनिक गर्यो।
मोबीरा टकम्यान, वायरलेस कारफोन सन् १९८४ मा सार्वजनिक भयो। यसको ब्याट्रीको कारण यो फोन निक्कै वजनदार थियो।
मोबीरा टकम्यान, वायरलेस कारफोन सन् १९८४ मा सार्वजनिक भयो। यसको ब्याट्रीको कारण यो फोन निक्कै वजनदार थियो।
सन् १९८७ मा नोकियाले आफ्नो फोनको तौलमा निक्कै कमी ल्यायो। पहिलो हाते फोनका रुपमा नोकियाले मोबीरा सीटीम्यान ल्यायो। मोबीरा सीटीम्यान ९०० जम्मा ८०० ग्रामको थियो जसको मुल्य चारहजार पाँचसय ६० डलर थियो। तत्कालिन सोभियत नेता मिखाइल गोर्भाचोवले सोही मोबाइल सेट प्रयोग गरी फोन गरेको तस्विरको लोकप्रियतासँगै यो फोन गोर्भाका नामबाट पनि चर्चित बन्यो।
सन् १९९१ मा जीएसएम मोबाइल नेटवर्कको सुरुवातसँगै नोकियाले पहिलो डिजिटल हाते सेट बनारमा ल्यायो। पहिलो नोकिया जीएसएम मोबाइल सेट थियो नोकिया १०११। विश्वको पहिलो जीएसएम कल नोकियाको सेटबाटै गरिएको थियो।
सन् १९९२ मा नोकियाले १०११ मोडलको विकासलाई निरन्तरता दिँदै नोकिया १०१ फोन बजारमा ल्यायो। यो फोन लामो बनाउन मिल्ने एरियल सहितको थियो।
सन् १९९४ मा नोकिया २११० मोडलमा अर्को मोबाइल सेट बजारमा ल्यायो। यो पहिलो फोन हो जसमा नोकिया ट्यूनलाई रिङटोनका रुपमा राखिएको थियो। यो सेटले निक्कै सफलता पायो। नोकियाले यो मोडलको सेट जम्मा चार लाख बेच्ने लक्ष्य राखेको थियो। तर विश्वभर यसको बिक्रि दुई करोड भयो।
केरा आधारको नोकिया ८११० सन् १९९६ मा सार्वजनिक भयो। स्लाइड गर्ने सुविधा भएको यो फोन सन् १९९९ को ब्लकबस्टर फिल्म द मेट्रिक्समा प्रयोग भएपछि लोकप्रिय बन्यो।
नोकिया ६११० मोबाइल सेट सन् १९९७ मा सार्वजनिक भयो जसमा सर्प भएको खेल समेत राखिएको थियो। नोकियामा रहेको यो स्नेक गेम करिब तीन अर्ब ५० करोड सेटमा उलब्ध छ। निक्कै बिकेको यो सेटमा इन्फ्रारेड पोर्ट र मेनु आइकन थियो।
सन् १९९८ मा सार्वजनिक भएको नोकिया ८८१० फोन पहिलो मोबाइल हो जसमा बाहिर एन्टेना थिएन। यसमा रहेको स्लाइडर पनि यसको आकर्षणको एउटा कारण थियो। यही फोन सार्वजनिक गरेको वर्ष नोकिया विश्वको मोबाइल उत्पादक कम्पनी मध्ये नम्बर एक बन्यो।
सन् २००२ मा नोकियाले ६६५० मोडलको फोनसँगै पहिलो पटक तेस्रो पुस्ताको, थ्रीजी मोबाइल फोन सार्वजनिक गर्यो।
सन् २००२ मा नै नोकियाले पहिलो पटक रंगिन डिस्प्ले सहितको फोन ल्यायो। नोकिया ७६५० फोनमा पहिलो पटक इन्ब्यूल्ट क्यामेरा थियो। जुन रंगिन डिस्प्ले सहित आएको पहिलो नोकिया फोन थियो।
सन् २००२ मा नै नोकियाले पहिलो पटक भिडियो रेकर्ड गर्न सक्ने मोबाइल ल्यायो। नोकिया ३६५० मोडलको यो फोन त्यतिबेलाको निक्कै क्रेज फैल्याएको फोन मानिन्छ।
नोकियाले मोबाइल फोन र हाते खेल डिभाइसको रुपमा एन गेजलाई सन् २००३ मा बजारमा ल्यायो। हातमा लिएर हिंड्न सकिने गेम स्टेशनको रुपमा नोकियाको यो उत्पादन निक्कै लोकप्रिय रहे पनि सन् २००९ मा उसले यसको विकासलाई रोक्यो। र सन् २०१० देखी यसको सेवा नै बन्द गर्यो।
नोकियाले मनोरञ्जन र सञ्चारलाई जोड दिँदै सन् २००५ मा एन सिरिजका मोबाइल उत्पादन गर्न थाल्यो। एन ७०, एन ९० र एन ९१ यो सिरिजका लोकप्रिय र चलेका मोबाइल बने। यी सेटहरुमा भिडियो, फोटो र इन्टरनेटको राम्रो सुविधा थियो। थ्रीजी फोनका रुपमा यीनको बिक्रि र प्रयोग विश्वभर भयो।
नोकियाले आइपड पुस्तको विकाससँगै गीत सुन्ने पुस्तालाई ध्यानमा राखेर म्युजिक एक्सप्रेस फोनहरु पनि बजारमा ल्यायो। जुन सफल पनि भए। नोकिया एक्सप्रेस म्युजिकका रुपमा आएका नोकिया ५३०० सिरिजका फोन निक्कै लोकप्रिय रहे। स्लाइड, क्यामेरा र इन्टरनेट सुविधा भएका फोन एशियाली मुलुकमा धेरै चले।
नोकियाले सन् २०१० मा एन ८ फोन बजारमा ल्यायो। स्मार्टफोनका रुपमा एण्ड्रोइड युक्त फोनहरु आउनु अघि सम्म यसले नोकियालाई मानिसहरुको चाहना भएको फोन कम्पनीको रुपमा नै अड्याउन सक्यो। तर मुल्यमा नोकिया महँगो भएकाले आममानिसलाई भने यसले खासै आकर्षित गर्न सकेन।
स्मार्ट फोनको आगमन साथै अन्य प्रतिस्पर्धीले आफूसँगको दूरीलाई घटाइरहेको अवस्थामा नोकियाले बजारमा आशाका किरण छर्ने गरि नोकिया आशा ल्याए पनि त्यसले उसलाई त्यती धेरै सफलता दिएको छैन। सन् २०१२ मा नोकियाको आशाले पनि आशलाग्दो सुधार देखाउन सकेन।
तर सन् २०१२ मा नोकियाले मोबाइल वर्ल्ड कंग्रेसमा उतारेको नोकिया प्योरभ्यू ८०८ ले भने मोबाइलको दुनियाँमा हलचल नै ल्यायो। नोकियाले यसमा ४१ मेगा पिक्सलको क्यामेरा भएको फोनले नोकियाको खस्केको अवस्थालाई भने केही राहत दिन सकेन।
सन् २०१३ को जुलाइमा नोकियाले नयाँ स्मार्टफोन बजारमा ल्यायो। ४१ मेगापिक्सलको क्यामेरा रहेको लुमिया १०२०। स्मार्टफोनको बजारमा निक्कै अगाडी रहेको सामसुङ र बलियो अमेरिकी खेलाडी एप्पलसँग जुध्नका लागि तर यसले दिने सफलता भने माप्ने अवस्थामा पुगिसकेको छैन।

मोबाइल फोनको हस्तीका रुपमा उदाएको नोकिया नचिन्ने सायदै नेपाली छन्। तर नोकियाको उदय फिनल्याण्डबाट भएर अब अस्त अमेरिकामा भएको छ। अमेरिकी कम्पनी माइक्रोसफ्टको साथ पछि नोकियाको यो पाताल (नेपालका लागि अमेरिका) प्रवेश भोलिको उदाउँदो रातो र्सूयको लागि हुनसक्छ या सक्दैन त्यो भने समय र बजारले नै देखाउने छ।
No comments:
Post a Comment