Tuesday, September 3, 2013

माइक्रोसफ्टले नोकिया कम्पनी किन्यो


माइक्रोसफ्टले मोबाइल सेट निर्माता नोकिया कम्पनी किनेको छ। स्मार्टफोनका कारण बजारमा उपस्थिति गुमाउँदै गएको नोकियालाई माइक्रोसफ्टले ५.४४ बिलियन युरोमा किनेको हो।
माइक्रोसफ्टले किनेसँगै नोकियाका सिइओ स्टेफन इलोपले माइक्रोसफ्टमै काम सुरु गरेका छन्। 'भविष्यका लागि निकै यो निकै बोल्ड कदम हो', स्टेफनले भनेका छन्- 'यो कर्मचारी र सेयरहोल्डर, कम्पनी र उपभोक्ता सबैको विजय भएको छ।'

सामङ र एप्पलले स्मार्टफोन ल्याएपछि कुनै बेलाको मोबाइल सेटको बादशाह नोकियाको बजार खस्केको थियो।

No comments:

Post a Comment