Friday, August 30, 2013

आइवाचका लागि अनेकन डिजाइनरले तयार पारेका कन्सेप्टहरु यस्ता छन्ः


स्मार्ट घडी, यतिखेर धेरैको चर्चाको विषय बनिरहेको छ। यसलाई थप हावा दिएको छ विभिन्न रिपोर्टहरुले जहाँ भनिएको छ प्रमुख स्मार्टफोन तथा प्रविधि निर्माताहरु यसको निर्माणमा लागिरहेका छन्। जसले गर्दा प्रविधि र ग्याजेटका पारखीहरु यसको चर्चामा समय बिताइरहेका छन्। गफमा मात्र होइन यस्ता कुरा अब डिजाइनका रुपमा पनि सार्वजनिक भइरहेका छन्।
पछिल्लो समय कोरियाली स्मार्टफोन निर्माता सामसुङले ग्यालेक्सी गीयरको रुपमा स्मार्टवाच ल्याउने भएपछि स्मार्टवाचहरुको चर्चाले बढी नै महत्व पाउन थालेको छ। सोनीले पनि स्मार्टवाचका लागि काम गरिरहेको छ।
यस्तो अवस्थामा आइफोनको निर्माताको आइवाचले चर्चा नपाउने कुरै भएन। आज पनि इन्टरनेटमा यस्ता धेरै कन्सेप्टहरु आइवाचका लागि समर्पित छन्। अनेकन डिजाइनरले तयार पारेका कन्सेप्टहरु यस्ता छन्ः
01 iWatch smart watch of Apple Concept of iWatch smart watch from the manufacturer of iPhone smart technology smart mobile technology iWatch replaces smart phones
02 iWatch smart watch of Apple Concept of iWatch smart watch from the manufacturer of iPhone smart technology smart mobile technology iWatch replaces smart phones
03 iWatch smart watch of Apple Concept of iWatch smart watch from the manufacturer of iPhone smart technology smart mobile technology iWatch replaces smart phones
04 iWatch smart watch of Apple Concept of iWatch smart watch from the manufacturer of iPhone smart technology smart mobile technology iWatch replaces smart phones
05 iWatch smart watch of Apple Concept of iWatch smart watch from the manufacturer of iPhone smart technology smart mobile technology iWatch replaces smart phones
06 iWatch smart watch of Apple Concept of iWatch smart watch from the manufacturer of iPhone smart technology smart mobile technology iWatch replaces smart phones
08 iWatch smart watch of Apple Concept of iWatch smart watch from the manufacturer of iPhone smart technology smart mobile technology iWatch replaces smart phones
09 iWatch smart watch of Apple Concept of iWatch smart watch from the manufacturer of iPhone smart technology smart mobile technology iWatch replaces smart phones
10 iWatch smart watch of Apple Concept of iWatch smart watch from the manufacturer of iPhone smart technology smart mobile technology iWatch replaces smart phones
11 iWatch smart watch of Apple Concept of iWatch smart watch from the manufacturer of iPhone smart technology smart mobile technology iWatch replaces smart phones
12 iWatch smart watch of Apple Concept of iWatch smart watch from the manufacturer of iPhone smart technology smart mobile technology iWatch replaces smart phones

सामसुङका ३ क्यामरा बजारमा




 सामसुङको आधिकारीक बिक्रेता हिम इलेक्ट्रोनिक्स्ले तीन वटा नयाँ मोडलका स्मार्ट क्यामरा बजारमा ल्याएको छ। ती तीन मोडलमा डब्लुबी २०० एफ, एसटी १५० एफ र एसटी ७२ छन्।
कम्पनीका अनुसार ती क्यामराले सामसुङको पुरानो क्लासिक रूपलाई नयाँ युगको नयाँ अवतारमा ढाल्न सफल भएको छ। यी क्यामरामा १४.२ मेगा पिक्सेल सेन्सर, र २४ एमएम अल्ट्रा वाइड एङगल लेन्स्को मद्दतले उच्च गुणस्तरको क्लोज–अप, क्यान्डिड तथा प्यानोरामा उतार्न सकिने बताइएको छ।
त्यस्तै १६ मेगा पिक्सेल सेन्सर र ब्राइट एफ् २.५ लेन्स् यसमा रहेको छ। यस्ता अद्वितीय विशेषता भएको यस क्यामराबाट थोरै प्रकाश भएको ठाउँमा पनि निकै राम्रो फोटो खिच्न सकिने कम्पनीले जनाएको छ। यी क्यामराको मूल्य क्रमशः २४ हजार ९ सय ९०, १४ हजार ९ सय ९० र १३ हजार ९ सय ९० रहेको छ।

Thursday, August 29, 2013

४० पैसा प्रति एमबी


नेपाल टेलिकमले सिडिएमए प्रविधिअन्तर्गतको इभिडियो सेवाको शूल्क घटाएको छ। बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले ५ सय एमबी डाटा खरिदमा २ सय रुपैयाँ मूल्य तोकेको छ। त्यस्तै २ जिबी डाटा किन्दा ७ सय ५०, ५ जिबी डाटाको १७ सय र १० जिबी डाटाको २४ सय मूल्य तोकेको छ। यी चारवटै प्याकेजको म्याद एक महिनाका लागि हुने टेलिकमले जनाएको छ। यी मूल्यहरुमा कर भने जोडिएको छैन।
पहिलो ५ सय एमबी किन्दा प्रति एमबी ४० पैसा, २ जिबी खरिदमा प्रति एमबी ३७ पैसा, ५ जिबी खरिदमा प्रति एमबी ३३ पैसा र १० जिबी खरिदमा प्रति एमबी २३ पैसा शूल्क लाग्नेसमेत विज्ञप्तीमा उल्लेख छ।
पहिल्यैदेखि एक्टिभेट गरेका ग्रहकहरुले भने आवश्यक रकम रिचार्ज गरी १४५६ मा एसएमएस पठाएर डाटा खरिद गर्न सक्नेछन्। यसैगरी सिडिएमए सेवाका ग्रहकहरुले इभिडियो सेवामा आफूले प्रयोग गर्न बाँकी रहेको डाटा भोयलुम तथा म्यादको बारेमा जानकारी लिन 'बिएल' टाइप गरी १४५६ मा पठाउन सक्नेछन्। यस्तो एसएमएसको कुनै शूल्क नलाग्ने समेत विज्ञप्तीमा उल्लेछ छ।
नेपाल टेलिकमले हालः इभिडियो डाटा नचल्ने पुरनाना रुइम कार्डको सेवा प्रयोग गरी भ्वाइस सेवाको साथै सिडिएमए को स्मार्ट मोबाइल, ल्यापटप, डेक्सटप, ट्याबलेट तथा यभिडियो डोङ्गलमा मार्फत् ३.१ एमबिपिएस क्षमतामा इन्टरनेट चलाउन सकिनेछ।
ग्रहकले एक जिबी मेमोरीसहितको इभिडियो डोङ्गल, एक सय रुपैयाँको टल्क भ्यालु तथा मासिक एक जिबी डाटा को दरले ३ महिनासम्मको लागि ३ जिबी डाटा भएको रुइम कार्ड करबाहेक २२ सयमा खरिद गर्न सकिने विज्ञप्तीमा उल्लेख छ।
यो सेवाका लागि टेलिकमले १२ अञ्चलका ४८ जिल्लाबाट सेवा वितरण गरिरहेको छ।

सद्दे सद्दे कपडा बिक्दैनन आज काल देखाऊ झुत्रा झाम्रा ।।

गाँऊको मायाँ मार्न हून्न भन्नु हून्थो बा ले । दौरा सूरुवाल लगाउनेलाई पाखे भन्न थाले ।। पहिलै का जस्ता त कँहा छन र दिन हाम्रा , ए साहुजि सद्दे सद्दे कपडा बिक्दैनन आज काल देखाऊ झुत्रा झाम्रा ।।


फोन नम्बरको पनि पैसा लाग्ने

दूरसञ्चार सेवा प्रदायकले ग्राहकलाई उपलब्ध गराउने टेलिफोन नम्बर निशुल्क नै उपलब्ध हुने भएकाले दूरुपयोग भएको भन्दै दूरसञ्चार प्राधिकरणले नम्बर प्रयोगको पनि शूल्क लिने तयारी गरेको छ। प्राधिकरणले नयाँ नम्बरिङ योजनामा यसखालको व्यवस्था गर्न लागेको हो। टेलिफोनको नम्बर व्यवस्थालाई थप वैज्ञानिक बनाउन र व्यवस्थापन सुधार गर्ने क्रममा अब प्राधिकरणले दूरसञ्चार कम्पनीहरुसँग उनीहरुले सेवा दिनका लागि प्रयोग गरेको नम्बरहरुको पनि शूल्क लिने भएको हो। प्राधिकरणले हालै तयार पारेको नयाँ राष्ट्रिय नम्बरिङ योजनाको मस्यौंदामा सेवा प्रदायकलाई उनीहरूले प्रयोग गर्ने कोड नम्बरको शुल्क लिनुपर्ने प्रस्ताव गरिएको छ। अपरेटर कोड (टेलिफोन नम्बर) प्रयोग गरेबापत सेवा प्रदायक कम्पनीबाट राज्यले शूल्क लिने अन्तरराष्ट्रिय प्रचलन रहेको छ। दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले यो प्रचलनलाई नेपालमा पनि अपनाउन खोजेको जानकारी दिए। उनले मस्यौंदा पारित भएपछि कम्पनीहरुबाट अपरेटर कोड बापत पनि शूल्क उठाइने बताए।

नेपालमा प्रयोगकर्ता कम भएपनि दूरसञ्चार सेवा प्रदायकले आवश्यकता भन्दा धेरै टेलिफोन नम्बरहरु होल्ड गरेर राखेका छन्। धेरै नम्बर सिमित कम्पनीले मात्र होल्ड गरेर राखेपछि प्राधिकरण त्यस्तो नम्बरहरुको पनि शूल्क लिने तयारीमा रहेको हो। अहिले नेपाल टेलिकमले ४, ५ र ६ अपरेटर कोड लिएको छ भने उसको प्रतिस्पर्धी एनसेलले ० र १ लिएको छ। भारतीय लगानीको यूटीएलले २ मात्र अपरेटर कोड लिएको छ। टेलिकम र एनसेलले लिएका अपरेटर कोडबाटमात्र पाँच करोड टेलिफोन नम्बर बनाउन सकिन्छ। त्यसमध्ये टेलिकमले करीब ३ करोड र एनसेलले २ करोड नम्बर प्रयोगमा ल्याउन सक्ने प्राधिकरणका उपनिर्देशक मिनप्रसाद अर्यालले बताए।
नेपाल टेलिकमले ४ कोड अन्तर्गतका नम्बर सबै प्रयोगमा नआकन नै ५ र ६ नम्बरका कोड पनि प्रयोगमा ल्याइसकेको छ। त्यसो त एनसेलले पनि दुवै कोड पूरै प्रयोग गर्न सकेको छैन। टेलिफोन नम्बरको शूल्क नलाग्ने भएकाले नम्बरको जथाभावि भएको अर्याल बताउँछन्। शूल्कको व्यवस्था भएपछि फ्रिक्वेन्सी जस्तै टेलिफोनको नम्बर पनि होल्ड गरेर राख्ने प्रवृत्ति हट्ने आशा राख्न सकिन्छ। दूरसञ्चार कम्पनीहरुबाट न्यूनतम प्रति एक नम्बर वाषिर्क एक रुपैयाँ शूल्क लिने योजनामा प्राधिकरण रहेको छ। यसो भएको खण्डमा टेलिकमले वार्षिक करिब तीन करोड र एनसेलले करिब दुर्इ करोड तिनुपर्ने हुन्छ। प्रयोग नभएका नम्बरको पनि पैसा लाग्ने भएपछि उनीहरुले आवश्यक भन्दा धेरै नम्बर होल्ड गरेर नराख्ने सम्भावना पनि देखिन्छ। यद्यपी यो नम्बर सम्बन्धि योजनाले मूर्त रुप भने पाउन बाँकी नै छ।

अहिले सम्म टेलिफोन नम्बरहरुको शूल्क नलाग्ने भएकाले यसको दूरुपयोग हुने गरेको छ। दूरसञ्चार सेवा लिने उपभोक्ताले पनि मोबाइलको एउटा सीम हराएको खण्डमा त्यसैको अर्को सीम ननिकाली अर्कै नम्बरको मोबाइल लिने गरेका छन्। दूरसञ्चार सेवामा नम्बर र संख्याको महत्व नबुझ्दा मनपरी प्रयोग भइरहेको छ भने नियमन पनि खासै भएको छैन। जसले गर्दा दूरसञ्चार कम्पनीको ग्राहक आधार धेरै देखिएको छ। तर, धेरै ग्राहक आधार भएको कम्पनीले राज्यलाई तिर्ने कर भने आफू भन्दा कम ग्राहक आधार भएको कम्पनीको भन्दा पनि कम देखिन्छ। दुर्इ प्रमुख प्रतिस्पर्धी कम्पनी नेपाल टेलिकम र एनसेल मध्ये ग्राहक आधार एनसेलको टेलिकम भन्दा २० लाख भन्दा धेरै बढी देखिन्छ तर एनसेलले राज्यलाई तिर्ने कर भने टेलिकमको भन्दा निक्कै कम छ।

Wednesday, August 28, 2013

ग्यालेक्स एस फाइभमा १६ मेगा पिक्सल क्यामेरा


स्मार्टफोन निर्माता कोरिन कम्पनी सामसुङले अहिले सम्मको सबैभन्दा सफल स्मार्टफोन सिरिजमा नयाँ संस्करण ल्याउने तयारी गरिरहेको छ। कोरियन समाचार माध्यमहरुले सामसुङ ग्यालेक्सी एस फोरको सफलता पछि फाइभ बजारमा उतार्ने योजनामा रहेको उल्लेख गरेका छन्। सामसुङ सेप्टेम्बर ४ मा ग्यालेक्सी नोट थ्री सार्वजनिक गर्ने तयारीमा रहेको छ। दक्षिण कोरियाकोइलेक्ट्रोनिक्स टाइम्स न्यूजले ग्यालेक्सी एस फाइभमा १६ मेगापिक्सलको क्यामेरा हुने उल्लेख गरेको छ।
बताइए अनुसार ग्यालेक्सी एस फाइभमा अप्टिकल इमेल स्ट्याबलाइजेसन (ओआइएस) सुविधा रहेको छ। सामसुङले ग्यालेक्सी नोट थ्रीमा नै यो सुविधा राख्ने योजना बनाएको थियो। ग्यालेक्सी एस फाइभ यो वर्षको अन्त सम्ममा तयार हुने र अर्को वर्षबजारमा उपलब्ध हुने बताइएको छ।

ल्यापटप किन्नुअघि जान्नैपर्ने कुरा‏

कुनै सामान किन्न घरबाट निस्किँदा हामीमध्ये धेरैजना पसलमा हेर्दा जुन मन पर्यो त्यहीँ किन्ने विचारका साथ निस्कन्छौँ । यस्तो सामान किन्ने भन्ने घरमै तयारी गरेर निस्कने मान्छेहरु निकै कम हुन्छन् । तर लुगाफाटो किन्दा त विना तयारी बजार गएपनि ठिकै होला तर यदि तपाइँ ल्यापटप वा अन्य कुनै ग्याजेट किन्न जाँदै हुनुहुन्छ भने यस्तो चालाले पक्कै पनि फाइदा गर्दैन । हरेक दिन नयाँ नयाँ प्रविधि तथा फिचर्स भएका ग्याजेटहरु बजारमा आएका हुन्छन् । त्यसैले तपाइँले यस्ता ग्याजेट खरीद गर्न जाँदा यसबारेमा पूर्व जानकारी लिनैपर्ने हुन्छ । बिना तयारी वा विना जानकारी बजारमा गएर यस्ता ग्याजेट खरिद गर्नु सजिलो त पक्कै हुन्न, खरीद गरिहालेमा पनि त्यो फाइदाजनक नहुनसक्छ ।
 यदि तपाइँले नयाँ ल्यापटप किन्ने सोँच बनाउनुभएको छ भने तपाइँले केही जानकारी लिनैपर्ने हुन्छ र तयारी गर्नैपर्ने हुन्छ । यदि त्यसो गर्नुभयो भने तपाइँले आफ्नो आवश्यकता तथा बजेट अनुसारको उत्तम ल्यापटप खरीद गर्न सक्नुहुन्छ । 

  • विद्यार्थीमा भन्दा बिजनेसम्यान र फिल्डमा काम गर्ने मानिसहरुका लागि ल्यापटपको फिचर्सले ठूलो अर्थ राख्छ । त्यसैले ल्यापटप खरिद गर्नुअघि उनीहरुको मनमा यो सवाल अवश्य पनि उठ्छ की आफ्नो आवश्यकता अनुसार कुन ल्यापटप ठीक हुन्छ – कोही कम रकमको ल्यापटप किन्न चाहन्छन् त कोही केवल गेम खेल्नकै लागि वा इन्टरनेट चलाउने लगायतका सामान्य काम गर्नका लागि समेत ल्यापटप किन्दछन् । 
  • कति मुल्य सम्मको ल्यापटप किन्ने – भन्ने कुराको अड्कल पहिल्यै गर्नुपर्छ । जुनसुकै मोडेलको ल्यापटप छानेपछि टिकाउ तथा मजबुतीमा कुनै सम्झौता नगर्नुहोस् । 
  • साथै ल्यापटप खरीद गर्दा त्यसका सेवा केन्द्र कति छन् – भन्ने कुरामा पनि ध्यान दिनुहोस्, ता कि भोलि ल्यापटप बिग्रिहालेमा वा समस्या आएमा सजिलै बनाउन सकियोस् । कम र्सर्भिस सेन्टर भएका ब्राण्डका ल्यापटप किन्दा भविष्यमा समस्या आउनसक्छ ।
  • ल्यापटपको ब्याट्री ब्याकअप, वारेन्टी तथा अन्य क्षमताको विषयमा पनि पूरै जानकारी लिएर मात्र खरीद गर्नुहोस् । बढी वारेन्टीको लोभ देखाइएका कमसल ल्यापटप खरीद नगर्नुहोस् ।
  •  ल्यापटप खरीद गर्दा त्यसमा लोड गरिएको सफ्टवेयरले सही काम गर्छ गर्दैन जाँच्नुहोस् । सामान्यतया कम्पनीले सुरुमा केही ट्रायल सफ्टवयर लोड गरेका हुन्छन् जो केही समयपछि एक्स्पायर हुन्छ वा त्यसलाई अनिवार्य रुपमा आफै हटाउनु पर्ने पनि हुनसक्छ । यसो गर्दा अरु सफ्टवेयर डिलिट हुने खतरा पनि हुनसक्छ । त्यसैले त्यस्ता ट्रायल सफ्टवेयरका बारेमा पूर्ण जानकारी लिएर त्यस्ता सफ्टवेयर सुरुमै हटाएर मात्र ल्यापटप खरीद गर्नुहोस् । 
  • चाहे बिजनेसम्यानका लागि होस् वा विद्यार्थीका लागि ल्यापटपमा पर्याप्ट मेमोरी हुनु महत्वपूर्ण हुन्छ । यद्यपि आजभोलि ल्यापटपमा मेमोरी पछि बढाउन सकिने एक्स्पान्डेबल मेमोरीको सुविधा पनि प्राप्त हुन्छ । त्यसैले ल्यापटप खरीद गर्दा एक्स्पाण्डेबल मेमोरी स्पेस बढि भएको ल्यापटपमा जोड दिनुहोस् ता की तपाइँले ल्यापटप चलाउँदा तेज गतिमा काम गर्न सक्नुका साथै बढि सामाग्री समेत अटाउन सक्नुहुन्छ ।  
  • यदि तपाइँ गेमिङका लागि ल्यापटप किन्दै हुनुहुन्छ भने राम्रो स्क्रिन  रिजोलुसन तथा ठूलो स्क्रीनका साथै राम्रो ग्राफिक सपोर्ट भएको ल्यापटप खरीद गर्नुहोस् । गेमिङ ल्यापटप खरीद गर्दा पकेट केही बढि नै गरम पार्नुपर्छ । किनकी बिजनेस तथा स्टुडेन्ट ल्यापटप भन्दा गेमिङ ल्यापटपमा बढि फिचर्स तथा कन्फीगेरेसन हुने भएकाले महंगो पर्छ । 
त्यसैले ल्यापटप खरीद गर्दा उल्लेखित कुरामा विचार पूराउनुभयो भने तपाइँले आफ्नो आवश्यकता र औकात अनुसारको असल ल्यापटप भित्राउन सक्नुहुन्छ ।

गीतको Vocal हटाएर musical Track मात्र बनाउ


आफुले चाहेको गीतको Vocal हटाएर musical Track मात्र बनाउनका साथसाथै अरु पनि धेरै म्युजिकल effect दिन मिल्ने यो software फ्रीमा उपलब्छ छ । full Stereo Sound मा भएको गीतको यो software को मद्घतले Vocal लाई Reduce गरेर म्युजिक ट्र्याक मात्र बज्ने बनाउन सकिन्छ । हुन त एक पटक म्युजिक र भोकल मिक्स भई सकेको ट्र्याकबाट भोकल मात्र १००% हटाउन त सकिदैन तर यस्ता केही software हरुको मद्घतले १००% नभए पनि ८०-९०% सम्म हटाउन भने सकिन्छ । software हरुको बजारमा यस्ता धेरै software उपलब्ध भए पनि फ्रीमा उपलब्ध AudioCity नामक software को मद्घत बाट कसरी Stereo sound मा भएको गीत बाट vocal लाई हटाउने त भन्ने बारे चर्चा गरौ ।

१) सर्वप्रथम यो software आफ्नो कम्प्युटरमा download गरेर install गरौं ।

Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

२) अब Ctrl+I अथवा माथिको मेनु बारमा भएको Project मा क्लिक गरेर Import Audio गरौ र भोकल हटाउनु पर्ने गीतको location दिएर open मा क्लिक गरौ ।
३) तल देखिएको म्युजिक ट्र्याकको बाँया तिरको drop down list मा क्लिक गरेर "Split Stereo Track" मा क्लिक गरौ ।

४) त्यहा अब दुईवटा छुट्टा छुट्टै ट्र्याकहरु देखिन्छन त्यसमध्य तलको ट्र्याकलाई सेलेक्ट गरौ त्यसको लागि ट्र्याकको drop down list को तल क्लिक गरौ ।

५) तलको ट्र्याक सेलेक्ट भई सके पछि माथिको मेनु बारमा भएको Effect मा क्लिक गरेर देखिएको list मा Invert लाई छान्नुहोस् (क्लिक गर्नुहोस्) ।

६) अब तल देखिएको दुबै ट्र्याकको drop down list मा क्लिक गरेर mono गरिदिनुहोस् ।

७) play बटन क्लिक गरेर अब गीत सुन्नुहोस् त तपाईंको गीतको भोकल ८०% देखी ९०% हटिसकेको हुनेछ ।


८) अब उक्त ट्र्याकलाई save गर्न file मेनुमा गएर Export As MP3 गर्नुहोस् र location दिएर save गर्नुहोस् ।

(MP3 मा Export गर्दा software ले "Lame..." नामक codec माग्न सक्छ, उक्त
Codec download गर्न यहाँ क्लिक गर्नुहोस्
codec download गरिसकेपछि install गर्दा location program files भित्रको Audio City लाई दिनुहोस् । )

यस्तै गीतको Vocal Reduce गरेर सुन्न मिल्ने player हरु पनि पाईन्छन त्यस मध्य केही राम्रा player
) KaraFun











कुनै महत्वपूर्ण फाइललाई डिलिट गर्नु भयो ?

तपाईंले गल्तिले कुनै महत्वपूर्ण फाइललाई डिलिट गर्नु भयो र त्यो फाइल RecycleBin बाट पनि डिलिट भई सक्यो भने के फेरी उक्त फाइल पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Delete File Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । फ्री मा डाउनलोड गर्न मिल्ने यो सफ्टवयर तपाईंलाई त्यस्तो अप्थ्यारो अवस्थामा लाभदायक सिद्द हुन सक्छ । यहाँ उक्त सफ्टवयर कसरी use गर्ने भन्ने बारे चित्र सहित instruction दिन खोजिएको छ ।( सफ्टवयर डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला )

१ सर्बप्रथम यो सफ्टवयरलाई आफ्नो कम्प्युटरमा Instal गर्नुहोस् र यो प्रोग्राम चलाऊनुहोस् ।
२ अब Next मा क्लिक गर्नुहोस्३ तपाईंलाई के फाइल recover गर्नु पर्ने हो जस्तै : Pictures,Music,Documents,Video वा अरु त्यो छान्नुहोस् र Tick लगाउनुहोस् अनी Next मा क्लिक गर्नुहोस् ।४ अब तपाईंको उक्त फाइल कुन location मा थियो तपाईंलाई याद छ भने त्यसको location म tick लगाउनुहोस् वा browse गरेर location दिनुहोस् , तर तपाईंलाई याद छैन भने I'm Not Sure मा tick लगाइदिनुहोस् र next मा क्लिक गर्नुहोस् ।५ Start बटनमा क्लिक गर्नुहोस् । Enable Deep Scan लाई tick नगर्नुहोस् तर normal scan बाट तपाईंको deleted फाइल भेट्टाइएन भने चाँही Enable Deep Scan मा tick लगाइ स्टार्ट बटनमा क्लिक गर्नुहोस् ।

६ एकछिन पछि त्यहा डिलिट गरी सकिएका फाइलहरु देखिन्छन । अब तपाईंको त्यो महत्वपूर्ण (Recover) गर्नु पर्ने फाइल कुन हो त्यो फाइलमा tick लगाउनुहोस् र Recover बटनमा क्लिक गर्नुहोस् ।७ फाइललाई कहाँ save गर्ने हो Location दिनुहोस् र ओके गर्नुहोस् ।यसरी यो सफ्टवयरको प्रयोग गरेर तपाईंले सजिलै झुक्केर delete गरेको फाइललाई फेरी recover गर्न सक्नु हुन्छ ।

विवाह गरेर नानी पनि हुने बेला भएको छ गायिका अन्जु पन्त


भ्याली बाहिर जानुपर्दा ९० हजार हो

पटक–पटक विवादमा मुछिने गरेकी गायिका अन्जु पन्त पछिल्लो समय गुमनाम छिन् । २०६९ सम्म अत्यन्तै खोजीको सूचीकी गायिका पन्तलाई सबै भन्दा धेरै उनको घरासयसी विवादले तनावमा परेकी थिईन् ।
विभिन्न पार्टीमा हुने मदिरा सेवन, नाचगान, पहिरनलगायतका विषयले उनी चर्चामा रहेकी हुन् ।
हुन त उनी १५ बर्षको उमेरदेखि नै गायन क्षेत्रमा छिन् । पन्तले अहिले सम्म झण्डै ५ हजार गीतमा आवाज दिई सकेको दाबी गर्छिन् । यो क्षेमा स्थापित हुन पन्तले १८ वर्ष बसन्त पार गरेको बताईन् । गायिका पन्तसँग गरिएको कुराकानीका सम्पादित अंश :–
गीत/संगीतकै क्षेत्रमा आउने प्रेरणा कसरी मिल्यो ?
– मलाई मेरो फुपु जानकी केसीले गीत/संगीतको क्षेत्रमा आउन प्रेरणा दिनु भएको हो । उहाँले नै संगीत क्षेत्रमा डोर्‍याएर मलाई ल्याउनु भयो । शुरुमा मलाई गुरु बा’कोमा पुर्‍याइ दिनु भएको थियो । गुरुबा अहिले स्वर्गीय भइसक्नुभएको छ । तर उहाँको भूमिका पनि धेरै नै छ । रेडियो नेपालमा भएको कम्पिटिशनमा प्रथम भएपछि मलाई झनै प्रेरणा मिल्यो ।
गीत/संगीतमा लागेर के भनेर लाग्नु भो ?
– हा..हा..कहाँ हुन्छ ? त्यो कसैलाई पनि हुँदैन । म त्यतिबेला संगीतमा लागेर उन्नति गरौंला भन्ने सोंचमा थिइन । यो क्षेत्रमा म रहरै रहरमा लागेकी हुँ ।
तपाई चर्चित हुनुहुन्छ ? यो अवस्था आउला भनेर सोंच्नु भएको थियो ?
– त्यो त मैले सोचेकै थिइन । त्यो त कसैले पनि सोच्दैन होला । तर संघर्ष गरे इमान्दार र दृढ भएर लागि परेमा जुन क्षेत्रमा पनि सफल हुन सकिन्छ भन्ने कुरा चाहिँ थाहा पाएँ । शुरुवाती दिनमा म १४ घण्टा त रियाज नै गर्थे । कतिपय ठाउँमा गीत गाउँदा मलाई सबैले राम्रो स्वर छ भनेर प्रतिक्रिया दिँदा लाग्थ्यो म पनि केही गर्न सक्छु । लोकप्रियता नै पाउँछु भन्ने कुरामा दरिलो विश्वास भने राखेको थिइन ।
सबैभन्दा पहिला कुन गीत गाउँनु भएको थियो ?
– मेरो परिवार तथा श्रोताहरु सबैलाई थाहा छ होला मेरो स्वरमा पहिलोपटक सजिएको गीत ‘मनवा मन नै योगी बनाउ….’ भन्ने भजन हो ।
भजन पछि तपाईले कति समयमा अर्को गीत गाउँनु भयो ?
– भजन पछि मैले धेरै कम्पिटिशनहरुमा भाग लिन थाले । त्यसपछि आधुनिक, नेवारीलगायतका गीतहरु गाउँदै अघि बढ्न मद्दत पुग्यो ।
आजकाल के मा व्यस्त हुनु हुन्छ ?
– त्यही हो । संगीतलाई पेशाको रुपमा अंगालीसके पछि त्यतैपट्टी ध्यान र मन जानु स्वभाविक नै भैहाल्यो । गीत रेकर्ड गर्छु । कन्सर्टहरुमा गाउने प्रस्ताव आउँछन् । त्यता पनि समय मिलाएर जान्छु । तर मौसमका कारणले गर्दा आजभोलि अलि कमै कार्यक्रममा जान थालेको छु ।
दिनमा कतिवटा गीत रेकर्ड गर्नु हुन्छ ?
– पहिला ५ वटासम्म गीत रेकर्ड गर्थे । आजभोलि दिनमा एउटा र कहिले काहिँ एक दिन रेष्ट लिएर दिन विराएर पनि रेकर्ड गर्छु ।
एउटा गीत रेकर्ड गरेको कति लिनु हुन्छ ?
– हा..हा..। ओहो….भन्नु र ? नभनुम होला ।
भन्न मिल्छ भने भनिदिनुस् न…।
– विदेशमा रहनुभएकाहरुलाई अन्जु पन्तले ४०/५० हजार लिने हल्ला रैछ । कतिपय ठाउँमा ४०/५० हजार अन्जु पन्तको रेट हो भनि कारोबार पनि हुँदो रै’छ तर वीचमा कता–कता पुग्छ । कस–कसले के गर्छन ? त्यो त थाहा भएन । तर मैले लिने पारिश्रमिक चाहिँ २० हजार हो ।
कन्सर्टको चाहिँ कति लिनुहुन्छ ?
– आ, भ्याली बाहिर जानुपर्दा ९० हजार हो ।
भ्याली बाहिर जाने प्रस्ताव आएको छ ?
– आ केही दिन अघि उदयपुरको रामपुर ठोक्सिलाको लागि प्रस्ताव आएको छ । कार्यक्रमकै लागि कोरिया पनि जाँदै छु ।
चर्चाको शिखरमा पाइला टेकिसक्नुभएकी तपाई, आजभोलि सेलाउनु भयो नी ?
– सेलाउनु भन्ने कुरा त्यस्तै हो । काम गरिनै रा’ छु । मिडियामा पनि आइराको छु । यहाँ तडकभडक नहुँदैमा सेलायो भन्ने मानिन्छ । तर चर्चामा आउन कि त एल्बम निकालेको हुनु पर्‍यो । कि त कुनै विषय वा कारण हुनु पर्‍यो । अब कारण नै नभईकन के हाइलाइटमा आइरहनु । हैन ? तर पनि मेरो बारेमा विभिन्न भाएका नभएका चर्चा भने आइनै रहेका छन् ।
मिडियामा आएका कुरामा सहमत हुनु हुन्छ ?
– छैन । कतिपयमा त मलाई धेरै चित्त दु:खाई छ । मेरो बारेमा नराम्रो लेख्दा उहाँहरुलाई राम्रो हुन्छ भने म सहिदिन्छु । पछिल्लो समय फेसबुक कन्ट्रोभर्सबारे आएका हल्लाले मलाई आश्चर्यचकित तुल्याएको छ ।
तपाईका पति मनोजराजसँग किन टुट्यो सम्बन्ध ?
– त्यो एउटा समय हो । समय बलवान भनिन्छ । जे चिजको पनि एउटा समय हुन्छ । जे हुन्छ फेरि जिन्दगीमा राम्रैको लागि हुन्छ । क्या खुसी छु अब । यस्तै हो बलेको आगो सबैले ताप्ने रै’छन् । अब उहाँले अर्को विवाह गरेर नानी पनि हुने बेला भएको छ । खुसी नै छु । अनि अर्को कुरा नेपालमा फिमेलहरुलाई चाहिँ गाह्रो हुने रै’छ ।

मुस्ताङका गुफा विश्वकै आश्चर्य (फोटो फिचरसहित)


बेलायती सञ्चारमाध्यमले भन्यो, विश्वको एक नम्बर आश्चर्य

१२ भदौ, काठमाडौं । मुस्ताङ जिल्लामा निकै प्राचीन गुफाहरु रहेको कुरा बेलाबेलामा समाचारमा आउने गर्छ । नेपाली सञ्चार माध्यमहरुले यसबारे समय समयमा समाचार प्रकाशन प्रशारण गर्ने गरेका भए पनि यसप्रति विदेशी सञ्चार माध्यमको उतिसारो ध्यान गएको थिएन । तर, हालै एक बेलायती सञ्चार माध्यमले मुस्ताङका प्राचीन एवं निकै विचित्रका गुफा र दरबारबारे समाचार र तस्वीर प्राथमिकताका साथ प्रकाशन गरेको छ ।
10
प्राचीन अधिराज्यको विचित्रता नेपालमा भेटियो, १ सय ५५ फिटमाथि हजारौँ गुफा भन्ने शीर्षकमा डेली मेल वेबसाइटले मुस्ताङ जिल्लामा पाइएका प्राचीन गुफाबारे सविस्तार एवं सचित्र खबर दिएको छ । मुस्ताङका गुफाबारे डेलीमेलमा यस्तो लेखिएको छ ।
जमिनभन्दा १ सय ५५ फिटमाथि, हिमालयमा लुकेका ती मानव निर्मित गुफाहरु विश्वको सबैभन्दा विचित्र पुरातात्विक विचित्रता हो । ग्राण्ड क्यानोनभन्दा निकै अग्लो बालुवा रङ्गे भीरमा, निकै कमजोर जमीनमा हजारौँ प्वाल खोपिएको छ । डेली मेल अगाडि लेख्छ, अचम्म लाग्ने संख्यामा खोपिएका ती गुफाहरु, कुनै भिरको पाखापट्टबिाटै खनिएको छ र ती हजारौँ वर्ष पुराना भए पनि कसले बनाएको हो र किन बनाएको हो भन्ने कुरा भने अझै आश्चर्यकै गर्भमा रहेको छ ।
मुस्ताङ उपत्यकाको फेदीभन्दा १ सय ५५ फिटको उचाइमा पहाडि पाखोमा रहेका ती गुफामा अहिलेसम्म कतिजना पुगे भन्नेबारे पनि केही थाहा छैन । प्राचीन मुस्ताङ राज्यमा रहेका ती आश्चर्यजनक गुफाहरु झण्डै एक हजारको संख्यामा छन् ।
9
हालै साहसिक फोटोग्राफर कोरी रिचार्डस्, पर्वतारोही पिट एथन्स, पुरातत्वविद् मार्क एल्डेन्डेफरलगायतको खोज टोली यी गुफाहरुमा पुगेर गुफाहरुको आश्चर्य खोतल्ने प्रयास गरेको छ ।
रिचार्ड भन्छन्, म नेपालको फोर्ते गाउँमा काम गरिरहेको थिएँ । म र एथन्सले शेर्पाहरुलाई सगरमाथा आरोहणको बारेमा सिकाइरहेका थियौँ । त्यही बेला एथन्सले मलाई मुस्ताङमा रहेका यी गुफाहरुको बारेमा बताए र त्यहाँ गरेर काम गर्न इच्छुक छौ ? भनेर सोधे । उनले मलाई ती गुफाहरुको बारेमा वर्णन गर्दा मैले कहिल्यै कल्पना पनि गर्न नसकेका विषयहरु बताइरहेका थिए । उनले जति मलाई बताएका थिए, म साँच्चिकै त्यो ठाउँमा पुग्दा अझ धेरै भव्य र विशाल लाग्यो ।
मुस्ताङका ती गुफाका अगाडि विश्वको चर्चित मरुभूमि क्षेत्र ग्राण्ड क्यान्योन निकै फुच्चे सावित हुने रिचार्डको तर्क छ ।
8
ती प्राचिन गुफाहरुभित्र १२ औँ शताब्दीतिरको सभ्यता पाइएको र ती गुफाभित्र बाह्रौँ शताब्दीमा एक गाउँ नै रहेको उनी बताउँछन् ।
डेली मेलका अनुसार यी गुफाको खोजका लागि ती विदेशी खोजकर्ताहरुले निकै जोखिम मोलेका छन् । अघिल्लो वर्षसमेत गुफा चढ्ने प्रयास गरेका रिचार्ड चढ्दाचढ्दै लडेर ढाडै भाँचिएको थियो भने भिडियो ग्राफर लिंकनको टाउकोमा ढुंगाले लागेर ठूलो चोट भएको थियो । तर अर्को वर्ष रिचार्डको टोली हिम्मत गरेर गुफा चढ्ने प्रयास गर्यो र सफल पनि भयो ।
मुस्ताङ गुफाको अनुभवबाट सिकेको पाठ भन्दै रिचार्ड भन्छन्, ‘हामीले विश्वका सामु के नयाँ कुरा पस्किन्छौँ भन्ने विषय विज्ञान, आविष्कार तथा संस्कृतिबीचको मिलन कसरी गराउँछौँ भन्ने कुरामा भर पर्छ ।
1
2
3
4
5
6
7
तस्वीरहरू डेलीमेलबाट copy from onlinekhabar.com

नेपाल टेलिकले स्काई प्रो विस्तार


देशका मुख्य मुख्य शहर घुम्दै हुनुहुन्छ र साथसाथै वायरलेस प्रविधिमा आधारित ईन्टरनेट प्रयोग गर्न पाए हुन्थ्यो भन्ने लागेको छ भने स्काई प्रो एक सहि छनोट हुनसक्छ । १५३ दशमलव ६ केविपिएस डाटा रेटमा ईन्टरनेट प्रयोग गर्न सकिने सुविधा काठमाण्डौ र अन्य धेरै शहरहरुमा हालै नेपाल टेलिकमले विस्तार गरेको छ ।


डाटा भोलुमको आधारमा शुल्क लाग्ने स्काई प्रोको पहिलो प्याकेजमा ३ जिवी टाडा ३ महिना अवधिको लागी पाउनुहुनेछ ।   दुई हजार दुई सय रुपैयाँ पर्ने स्काई प्रोको प्याकेजबाट नगद एक सय वरावरको फोन कल सुविधा एवं दुई जिवी मेमोरी कार्ड (पेन ड्राईभ) उपयोग गर्न सक्नुहुन्छ । ३ महिनापछि आवश्यकता अनुसार रिजार्च कार्डवाट ईन्टरनेट प्रयोग सकिने र प्रती एमवी पचास पैसा शुल्क लाग्ने पनी टेलिकमले जनाएको छ । 



साथै स्काई प्रोवाट ईभिडिओ (Evolution-Data-Optimized) सेवा पनी प्रयोग गर्न सकिन्छ । यो भन्नाले वायरलेस व्रोडव्याण्ड सेवा हो । नेपाल टेलिकमले पहिलो पटक नेपालमा यो सेवा भित्राएको जनाएको छ । यसको  ३ दशमलव १ एमविपिएस डाटा रेट रहेको छ । यो सेवा भने हाल काठमाण्डौ, पोखरा उपत्यका र नारायणी एवं लुम्बिनी अञ्चलमा उपलव्ध छ । 

नेपाल टेलिकले स्काई प्रो विस्तार गरेका जिल्लाहरु:
qm= ;=
c~rn
lhNnf
 !=
 d]rL,
 O{nfd, emfkf,
 @=
 sf]zL
 df]/ª, ;'g;/L
 #=
 hgsk'/
 bf]nvf, /fd]5fk, l;Gw'nL
 $=
 gf/fo0fL
 lrtjg, dsjfgk'/, k;f{
 %=
 jfudtL
 /;'jf, g'jfsf]6, l;Gw'kfNrf]s,   sfe|]knf~rf]s, wflbª, nlntk'/, eQmk'/ , sf7df08f}F
 ^=
 Uf08sL
 uf]/vf, tgx'F, ndh'ª, sf:sL, :ofª\hf
 &=
 wjnflu/L
 afUn'ª, kj{t, DofUbL
 *=
 n'lDjgL
 kfNkf, u'NdL, c3f{vfrL, ?kGb]xL,
 (=
 /fKtL
 ?s'd, /f]Nkf, ;Nofg, Ko'7fg, bfª,
 !)=
 e]/L
 ;'v]{t, b}n]v, afFs], alb{of
 !!=
 ;]tL
 c5fd, 8f]6L, s}nfnL
 !@=
 dxfsfnL
 a}t8L, 88]nw'/f, s~rgk'/

यसरी पनी चलाउनुस्:
अरुनै कम्पनी तथा सुविधाका ईन्टरनेट नियमित प्रयोग गरिरहनुभएको छ भने स्काई प्रो अप्सनलको रुपमा राख्न सक्नुहुन्छ । सधै ईन्टरनेटले निरन्तर काम गरिरहन्छ भन्न सकिन्न र गतीपनी एकै हुदैन । त्यस्तो समयमा स्काई प्रो प्रयोग गर्न सक्नुहुन्छ । पहिलो प्याकेज सकाई सकेपछि तपाईले मोबाईलमा सय पचास रुपैयाँको चार्ज गरे जसैगरी चार्ज गर्न मिल्ने हुदा अत्यावश्यक समयमा थोरै शुल्कले पनी निरन्तर ईन्टरनेटमा जोडिनको लागी पुलको काम गर्न सक्छ ।

फेसबुकमा साझे फोटो एल्बम


तस्विर मासाबेलबाट लिइएको 

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले फोटो एल्बममा नयाँ सुविधा थपेको छ। फेसबुकले अब फोटो राख्ने सुविधाका साथ फोटोका एल्बम नै विभिन्न फेसबुक प्रयोगकर्ताले सम्पादन गर्न सक्ने साथै नयाँ फोटोहरु थप्न सक्ने सुविधा जोडेको छ। यो नयाँ सुविधा पछि फेसबुक प्रयोगकर्ताले आफूलाई मन परेका ५० जना फेसबुक साथीलाई एउटै एल्बममा फोटोहरु राख्न साथै हटाउन सकिने अधिकार बाँढ्न सक्छ। यसखालको सुविधा फेसबुकले हाल अध्ययन र परिक्षणका लागि केही प्रयोगकर्तालाई दिएको छ र यो विस्तारै सबै प्रयोगकर्तासम्म पुग्ने जनाएको छ।

मासाबेलले प्रकाशन गरेको रिपोर्टमा फेसबुकको कुनै प्रयोगकर्ताले एउटा फोटो एल्बम बनाए (क्रियट गरे) पछि त्यसको बायाँ तर्फो माथिल्लो भागमा एड कन्टि्रब्यूटर भन्ने अप्सन हुने उल्लेख गरेको छ। त्यही अप्सनको माध्यमबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो एल्बममा ५० जनालाई जोड्न सक्छन् भने त्यसमा हरेक सदस्यले दुर्इसयवटा फोटो राख्न सक्छन्। यसरी एउटा एल्बममा साझे गरेर १० हजार फोटो राख्न सकिन्छ।
फेसबुकको फोटो एल्बम साथीहरुसँग साझे गर्न सकिने सुविधासँगै फेसबुकले गोपनियतामा पनि ध्यान दिएको बताइएको छ। यस्ता साझे फोटो एल्बम कसले कसले हेर्न सक्ने भनेर निर्धारण पनि गर्न सकिन्छ। यो खालको सुविधा तत्काल परिक्षणमा रहेको र केही प्रयोगकर्ताका लागि मात्र उपलब्ध भएपनि विस्तारै अंग्रेजीमा फेसबुक चलाउनेलाई उपलब्ध हुनेछ भने मोबाइल संस्करणमा पनि यसको उपलब्धता छिटै हुनेछ।
विभिन्न प्रविधि ब्लग र साइटहरुले फेसबुकले ल्याएको यो साझे फोटो एल्बमको अवधारणालाई असफल भएको ‘कलर’ नाम गरेको एपसँग जोडेर तुलना गरेका छन्। जुन एपलाई गत साल मात्र एप्पलले किनेको थियो। फोटो एल्बम नै साझे गर्ने सुविधाको योजनामा तयार उक्त एप अहिले सम्म पनि निक्कै घाटामा रहेको छ। अहिले सम्म सफल भएको एल्बम साझा गर्ने एप भनेको ‘एल्बमेटिक’ रहेको नवभारतटाइम्सले उल्लेख गरेको छ।
फेसबुक भने सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक सञ्जाल जसमा सबैभन्दा धेरै फोटो र एल्बम छन् त्यसले गर्दा यसमा भने यो नयाँ फोटो एल्बमको अवधारणा सफल हुने विश्वास लिन भने सकिन्छ।

सस्ता आइफोन कस्ता छन्? (फोटो सहित)


सस्ता आइफोनको प्रतीक्षा गरिरहनु भएको छ? अब धेरै पर्खनु पर्दैन। दुई हप्तापछि एप्पलले आइफोन फाइभ सी र आइफोन फाइभ एसलाई एकै साथ बजारमा ल्याउने तयारी गरेको छ। प्रतिष्ठिति अमेरिकी पत्रिका वालस्ट्रिट जर्नलले एप्पलले आइफोन फाइभ सी र फाइभ एसलाई बजारमा पठाउन थालिसकेको र ती सेप्टेम्बरको सुरुमै बजारमा पुग्ने उल्लेख गरेको छ। एशियाली बजारमा भने यी स्मार्टफोनहरु सेप्टेम्बर २० मा मात्रै लञ्च हुने जनाइएको छ। जापानको प्रतिष्ठित बिजनेस पत्रिका निकीले सेप्टेम्बर २० मा टोकियोबाट एशिया क्षेत्रका लागि दुवै स्मार्टफोन लञ्च हुन लागेको जनाएको छ। प्लाष्टिक निर्मित सस्ता आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुको दाबी छ।
Laptop Bag with every nagarik

कस्ता छन् फिचर?

आम उपभोक्तालाई लक्ष्यित गरेर ल्याउन लागिएको आइफोन सी नामका यी स्मार्टफोनहरु प्लाष्टिकले बनेका छन्। र सुरुमा कम्तिमा ५ रंगमा आउनेछन्। एप्पलले सस्ता आइफोनमा आइओएस सभेन अपरेटिङ सिस्टम राखेको एप्पलको चियचर्चो गर्ने म्याकर्‍युमरले उल्लेख गरेको छ। ९ एमएम बाक्लो रहने आइफोन सी मा सिङ्गल कोर ए-फाइभ प्रोसेर छ। एप्पलले यो प्रोसेरलाई आइफोन फोर एस र फाइभमा पहिलै प्रयोग गरिसकेको छ।
डिजाइन बडी कर्ब राउन्डेड रहने यी आइफोनहरुको भोल्युम बटन आइपडको जस्तै लामो रहनेछ। आइफोन सी ६४ एमएम चौडाइ र १२०एमएम लम्बाइ रहनेछ। स्क्रिन साइज आइफोन फाइभ शैलीकै ४ इञ्चको रेटिना डिस्प्ले रहनेछ। सस्ता आइफोनमा ८ मेगापिक्सेलको क्यामरा राखिएको छ। एप्पलले सस्ता आइफोनमा धेरै फिचर्स आइफोन फाइभसँग मिल्दाजुल्दा राखेको छ। यसले गर्दा आइफोन फाइभका प्रयोगकर्तालाई आफूलाई अपग्रेड गर्ने दवाब पर्नेछ।

एप्पलले महँगो बजारसँगै सस्तो बजारमा पनि कब्जा गर्न यस प्रकारका आइफोन ल्याउन लागेको बताइन्छ। यस भन्दा पहिला एप्पलले आफ्ना पुराना मोडलहरुलाई सस्तोमा बेच्ने पहल पनि गरेको थियो। तर बजारमा चलेका सस्ता एन्ड्रोइड फोनले उसको योजनालाई विफल पारिदिएपछि सस्ता आइफोन ल्याउन लागेक

५ रंगमा नोकिया लुमियाका नयाँ भर्सन


लुमिया ९२५लुमिया ९२५
Click to enlarge image nokia625.JPG

  • Click to enlarge image nokia625.JPG
  • Click to enlarge image nokia625a.JPG
  • Click to enlarge image nokia925.JPG
  • Click to enlarge image nokia925a.JPG
  •  
नयाँ दिल्ली- नोकियाले आफ्नो लुमिया सिरिजलाई लगातार बढाउँदै गएको छ। कम्पनीले यही सिरिजमा दुई नयाँ विन्डोज ८ फोन लन्च गरेको छ। लामो प्रतीक्षापछि सार्वजनिक गरिएका लुमिया ६२५ पाँच र लुमिया ९२५  तीन रंगमा उपल्बध छन्। यी फोनमा रहेका फिचर्सका कारण पहिलेदेखि नै विशेष चर्चा भइरहेको थियो। नोकियाले सेतो, कालो, पहेँलो, रातो हरियो रंगमा लुमिया ६२५ ल्याएको छ।
नोकिया लुमिया ९२५ मा ८.७ मेगापिक्सल क्यामरा छ। यसमा प्रयोग भएको पियोर भ्यु प्रविधिले कम प्रकाशमा पनि राम्रो तस्विर खिच्न सकिन्छ। साथै फरक फरक मोडमा बेस्ट सट, एक्सन सट तथा मोसन फोकसमा हाई क्वालिटी तस्विर लिन सकिन्छ। यो मोडेलका फोन सेतो, कालो र खैरो गरी ३ रंगमा उपलब्ध छन्। नोकिया लुमिया ९२५ का धेरै फिचर्स लुमिया ९२० सँग मिल्दा जुल्दा छन्।
नोकिया लुमिया ९२५ मा १.५ गीगाहटर्ज डुअल कोर स्नेपड्रेगन एस ४ प्लस प्रोसेसर, १ जीबी र्‍याम, १६ जीबी इन्टरनल स्टोरेजले एकै साथ काम गर्छ। लुमिया ९२५ मा ४.५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ।  यस फोनमा ४.७ इन्च डिस्प्ले रहेको छ। १ गिगाहर्ज डुअल कोर स्नेपड्रेगन प्रोसेसर, ५१२ एमबी र्या७म र ८ जीबी इन्टरनल मेमोरी छ। फोटोग्राफीको लागि ५ मेगा पिक्सल क्यामरा छ।

नोकियाले लुमिया ९२५ र लुमिया ६२५ लाई एकै साथ भारतीय बजारमा ल्याएको हो।