Wednesday, August 28, 2013

५ रंगमा नोकिया लुमियाका नयाँ भर्सन


लुमिया ९२५लुमिया ९२५
Click to enlarge image nokia625.JPG

  • Click to enlarge image nokia625.JPG
  • Click to enlarge image nokia625a.JPG
  • Click to enlarge image nokia925.JPG
  • Click to enlarge image nokia925a.JPG
  •  
नयाँ दिल्ली- नोकियाले आफ्नो लुमिया सिरिजलाई लगातार बढाउँदै गएको छ। कम्पनीले यही सिरिजमा दुई नयाँ विन्डोज ८ फोन लन्च गरेको छ। लामो प्रतीक्षापछि सार्वजनिक गरिएका लुमिया ६२५ पाँच र लुमिया ९२५  तीन रंगमा उपल्बध छन्। यी फोनमा रहेका फिचर्सका कारण पहिलेदेखि नै विशेष चर्चा भइरहेको थियो। नोकियाले सेतो, कालो, पहेँलो, रातो हरियो रंगमा लुमिया ६२५ ल्याएको छ।
नोकिया लुमिया ९२५ मा ८.७ मेगापिक्सल क्यामरा छ। यसमा प्रयोग भएको पियोर भ्यु प्रविधिले कम प्रकाशमा पनि राम्रो तस्विर खिच्न सकिन्छ। साथै फरक फरक मोडमा बेस्ट सट, एक्सन सट तथा मोसन फोकसमा हाई क्वालिटी तस्विर लिन सकिन्छ। यो मोडेलका फोन सेतो, कालो र खैरो गरी ३ रंगमा उपलब्ध छन्। नोकिया लुमिया ९२५ का धेरै फिचर्स लुमिया ९२० सँग मिल्दा जुल्दा छन्।
नोकिया लुमिया ९२५ मा १.५ गीगाहटर्ज डुअल कोर स्नेपड्रेगन एस ४ प्लस प्रोसेसर, १ जीबी र्‍याम, १६ जीबी इन्टरनल स्टोरेजले एकै साथ काम गर्छ। लुमिया ९२५ मा ४.५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ।  यस फोनमा ४.७ इन्च डिस्प्ले रहेको छ। १ गिगाहर्ज डुअल कोर स्नेपड्रेगन प्रोसेसर, ५१२ एमबी र्या७म र ८ जीबी इन्टरनल मेमोरी छ। फोटोग्राफीको लागि ५ मेगा पिक्सल क्यामरा छ।

नोकियाले लुमिया ९२५ र लुमिया ६२५ लाई एकै साथ भारतीय बजारमा ल्याएको हो।

No comments:

Post a Comment