Wednesday, August 28, 2013

साहरुखको रेकर्ड तोड्न सलमानको नयाँ खेल, ‘मेन्टल’ अब ‘आजाद


बलिउडका दुई खानको टकराबले सधै नै बजार गर्माएको हुन्छ । हालै मात्र साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ले २ सय करोड माथीको व्यापार गरेपछि यसको प्रत्यक्ष असर अर्का चर्चित खान सलमान माथि पर्न गएको छ ।बक्स अफिसका राजाको उपनामले परिचित बनेका सलमानका सबै रेकर्डलाई तोड्दै साहरुख अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ले २१५ करोड माथीको व्यापार गरिसकेको छ । चलचित्रको बक्स अफिस कलेक्शन अझै रोकिने छाँटकाँट देखिएको छैन । यसैले पनि यतिबेला सलमान खान आफू माथि दबाब परेको महशुश गरिरहेका छन् । सन् २०१४ को सुरुवाती महिनामै प्रदर्शनमा आउन लागेको सलमान खान अभिनित चलचित्र ‘आजाद’को प्रचारका लागि उनी जुटेका छन् ।
भारतिय संचारमाध्यमहरुका अनुसार सलमानले ‘आजाद’लाई थ्रीडी भर्सनमा पनि प्रदर्शनमा ल्याउने तयारी गरेका छन् । उनले आफ्ना फ्यानहरुलाई कुनै पनि हालतमा चेन्नइको रेकर्ड तोड्ने बताएको वुझिएको छ ।
यसैबिच राष्ट्रियताको बिषयलाई उठान गरेको सोहिल खान निर्देशित चलचित्र ‘मेन्टल’को नाम परिवर्तन गरिएको छ । चलचित्रको नाम अब ‘आजाद’ राखिएको छ । कहिले राधे त कहिले जय होस् हुँदै चलचित्रको नाम ‘आजाद’मा आएर रोकिएको हो । अब हेर्न बाँकी यो छ कि आजादले चेन्नइको रेकर्डलाई तोड्न सक्छ या सक्दैन ।

No comments:

Post a Comment