Friday, August 30, 2013

सामसुङका ३ क्यामरा बजारमा




 सामसुङको आधिकारीक बिक्रेता हिम इलेक्ट्रोनिक्स्ले तीन वटा नयाँ मोडलका स्मार्ट क्यामरा बजारमा ल्याएको छ। ती तीन मोडलमा डब्लुबी २०० एफ, एसटी १५० एफ र एसटी ७२ छन्।
कम्पनीका अनुसार ती क्यामराले सामसुङको पुरानो क्लासिक रूपलाई नयाँ युगको नयाँ अवतारमा ढाल्न सफल भएको छ। यी क्यामरामा १४.२ मेगा पिक्सेल सेन्सर, र २४ एमएम अल्ट्रा वाइड एङगल लेन्स्को मद्दतले उच्च गुणस्तरको क्लोज–अप, क्यान्डिड तथा प्यानोरामा उतार्न सकिने बताइएको छ।
त्यस्तै १६ मेगा पिक्सेल सेन्सर र ब्राइट एफ् २.५ लेन्स् यसमा रहेको छ। यस्ता अद्वितीय विशेषता भएको यस क्यामराबाट थोरै प्रकाश भएको ठाउँमा पनि निकै राम्रो फोटो खिच्न सकिने कम्पनीले जनाएको छ। यी क्यामराको मूल्य क्रमशः २४ हजार ९ सय ९०, १४ हजार ९ सय ९० र १३ हजार ९ सय ९० रहेको छ।

No comments:

Post a Comment