Monday, August 26, 2013

ब्राउजरमा रोकौं विज्ञापन


इन्टरनेट चलाउनेहरुलाई विभिन्न वेबसाइट खोल्दा आउने विज्ञापनहरुले हैरान नै पारेको हुनुपर्छ। कम्प्युटर तथा मोबाइलको स्क्रिन नै ढाक्ने गरेर ढकमक्क देखिने विज्ञापनहरुले वेबसाइटमा रहेका सामग्री हेर्न मात्र मुस्किल पार्दैनन् तल माथि र दायाँ बायाँ एकोनास हल्लीरहने विज्ञापनले ध्यान पनि भंग गराउँछन्। यती मात्र होइन वेबसाइट हेर्नेहरुले गल्तीले क्लिक गरोस् भनेर नै सामग्रीहरुको लिंकमा टाँसेरै विज्ञापन राख्नेहरु पनि धेरै छन्। जसले गर्दा तपाइँ आफूले हेर्न चाहेको विषय भन्दा फरक लिंक र ठाउँमा पुग्नुहुन्छ। यसले दिने हैरानी त छँदैछ यस्ता विज्ञापनले तपाइँको इन्टरनेटको गती सुस्तो बनाएर हैरान बनाउँछन्। वेबसाइटहरु धेरै ढिलो खुल्दा तपाइँलाई रिस उठ्नु पनि स्वभाविक नै हो। कतिपय नेपाली वेबसाइटमा छ ठूला ठूला आकारका र पाठकको आँखालाई ख्यालै नगरी डिजाइन गरिएका भद्दा विज्ञापनको संख्या पनि धेरै नै हुन्छ। जसले आँखालाई असजिलो त पार्छ नै इन्टरनेटको गती पनि सुस्तो हुन्छ। भोल्युम बेस इन्टरनेट लिनेलाई त त्यस्ता विज्ञापनले अनावश्यक धेरै पैसा पनि खर्च गराउँछ।
इन्टरनेट प्रयोगका क्रममा दैनिक साक्षात्कार हुने यस्ता विज्ञापन र तिनले दिने हैरानीबाट जोगिन प्रमुख इन्टरनेट ब्राउजरहरुमा यस्ता विज्ञापन रोक्ने एडअन्स (सफ्टवेयर)हरु पनि विकास भएका छन्। जसले तपाइँलाई त्यस्ता विज्ञापन जसले फोकटमा पैसा खान्छन् र हैरानी दिन्छन् तीनलाई सँधैका लागि बाइबाइ गर्न सक्नुहुन्छ सित्तैमा। प्रमुख पाँच इन्टरनेट ब्राउजरमा यस्ता खालका एडअन एप राख्न सक्नुहुन्छ।
Mozilla Firefox_AdBlock
फायरफक्स
एडब्लक प्लसः फायरफक्समा राख्न सकिने यो एडअनले वेबसाइटमा रखेका सबै खालका विज्ञापनको छुटि्ट गरिदिन्छ। एकपटक यो ब्राउजरमा राखिसकेपछि कुनै पनि वेबसाइटका इमेल, फ्रेम, फ्ल्यास भिडियो सबै खालको विज्ञापन देखिँदैन। यसको मदतले छानेर कुनै विज्ञापन विशेषलाई मात्र पनि निषेध गर्न सकिन्छ। यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
वेबमेल एडब्लकर
यो एडअन राखिसकेपछि तपाइँले कुनै पनि निशुल्क इमेल सेवा दिनेको इमेल सेवामा देखिने विज्ञापनहरु हटाउन सक्नुहुन्छ। यो राखिसकेपछि याहू, जीमेल, हटमेल सबैमा विज्ञापन देखिन छोड्छ। यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
फायरफक्स एड किलर
यो एडअन फायरफक्सका लागि अर्को विज्ञापन रोक्ने उपाय हो। यो राखिसकेपछि तपाइँले फायरफक्स प्रयोग गरेर खोलेका कुनै पनि वेबसाइटमा विज्ञापन देखिँदैन।यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
सिम्पलब्लक
यो एडअनको नाम अनुसार नै यसले सजिलो रुपमा वेबसाइटमा देखिने विज्ञापन रोक्छ। यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
नो स्क्रिप्ट
जाभा स्क्रिप्टमा आधारित यो एडअनले विभिन्न वेबसाइटमा देखिने विज्ञापनका अलाबा स्पाइवेयरबाट पनि जोगाउँछ। यो एड अन राख्नका लागियहाँ क्लिक गर्नुहोस्।
remove advertisements from websites adblock on website Nepali website advertisements Advertisement effectiveness
इन्टरनेट एक्सप्लोरर
आइइ ७ प्रो
इन्टरनेट एक्सप्लोरर प्रयोग गरेर इन्टरनेट तथा वेबसाइटहरु चलाउने गर्नुभएको छ भने तपाइँले यसलाई विज्ञापन रोक्ने साधनका रुपमा प्रयोग गर्न सक्नुहुन्छ। यसले तपाइँलाई इन्टरनेटको माध्यम भएका आउने विभिन्न थ्रेटहरुबाट पनि सुरक्षा दिन्छ। यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
सिम्पल एडब्लक
तपाइँको इन्टरनेट ब्राउजरमा खुल्ने कुनै पनि वेबसाइटको विज्ञापन रोक्न छ र आफ्नो इन्टरनेटको गतीलाई बढाउन छ भने यसको प्रयोग गर्नसक्नुहुन्छ।यो एड अन राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
गुगलक्रोम
एडब्लक प्लस
गुगलक्रोम ब्राउजरमा खोलिने सबै खालका वेबसाइट साथै यूट्यूबका भिडियोमा पनि विज्ञापन रोक्नका लागि उपयोगी साधन हो यो। यसलाई आफ्नो गुगलक्रोममा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
फ्ल्यासब्लक
वेबसाइटमा राखिएका फ्ल्यास विज्ञापनहरु रोक्नका लागि यो उपयोगी सामग्री हो। यसलाई गुगलक्रोममा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
सफारी
सफारी एडब्लक
सफारीमा वेबसाइट खोल्दा देखिने विज्ञापन रोक्नका लागि यो सबै भन्दा उत्तम माध्यम हो। यसलाई सफारीमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
फेसबुक क्लिनर
सफारीमा राख्ने यो एडअनले फेसबुकमा देखिने सबै विज्ञापनलाई सफा गरिदिन्छ। यसलाई राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
सोसल फिक्सर
यो सफारी एडअनले फेसबुकको प्रदर्शन र अनुभवलाई सुधार गर्छ। यसको प्रयोगले फेसबुकमा अनफ्रेण्ड नोटिफिकेसन, फोटो म्याग्निफायर, ट्याब्ड न्यूज फिड लगायतलाई सुधार मात्र गर्दैन फेसबुकमा आउने विज्ञापन सबै हटाइदिन्छ। यसलाई सफारीमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्। यो मोजिला, क्रोम, ओपेरा लगायतमा पनि उपलब्ध छ।
ओपेरा
ओपेरा ब्राउजरमा वेबसाइटका विज्ञापनलाई रोक्नका लागि यस्तो उपाय छ। अरु ब्राउजरमा भन्दा ओपेरामा विज्ञापन रोक्नका लागि अल्लि मुस्किल हुनसक्छ। (सायद यो हामीले कम चलाएकाले पनि हुनसक्छ)
ओपेरामा विज्ञापन रोक्नका लागि यहाँ जानुहोस्।

No comments:

Post a Comment