Wednesday, August 28, 2013

मुस्ताङका गुफा विश्वकै आश्चर्य (फोटो फिचरसहित)


बेलायती सञ्चारमाध्यमले भन्यो, विश्वको एक नम्बर आश्चर्य

१२ भदौ, काठमाडौं । मुस्ताङ जिल्लामा निकै प्राचीन गुफाहरु रहेको कुरा बेलाबेलामा समाचारमा आउने गर्छ । नेपाली सञ्चार माध्यमहरुले यसबारे समय समयमा समाचार प्रकाशन प्रशारण गर्ने गरेका भए पनि यसप्रति विदेशी सञ्चार माध्यमको उतिसारो ध्यान गएको थिएन । तर, हालै एक बेलायती सञ्चार माध्यमले मुस्ताङका प्राचीन एवं निकै विचित्रका गुफा र दरबारबारे समाचार र तस्वीर प्राथमिकताका साथ प्रकाशन गरेको छ ।
10
प्राचीन अधिराज्यको विचित्रता नेपालमा भेटियो, १ सय ५५ फिटमाथि हजारौँ गुफा भन्ने शीर्षकमा डेली मेल वेबसाइटले मुस्ताङ जिल्लामा पाइएका प्राचीन गुफाबारे सविस्तार एवं सचित्र खबर दिएको छ । मुस्ताङका गुफाबारे डेलीमेलमा यस्तो लेखिएको छ ।
जमिनभन्दा १ सय ५५ फिटमाथि, हिमालयमा लुकेका ती मानव निर्मित गुफाहरु विश्वको सबैभन्दा विचित्र पुरातात्विक विचित्रता हो । ग्राण्ड क्यानोनभन्दा निकै अग्लो बालुवा रङ्गे भीरमा, निकै कमजोर जमीनमा हजारौँ प्वाल खोपिएको छ । डेली मेल अगाडि लेख्छ, अचम्म लाग्ने संख्यामा खोपिएका ती गुफाहरु, कुनै भिरको पाखापट्टबिाटै खनिएको छ र ती हजारौँ वर्ष पुराना भए पनि कसले बनाएको हो र किन बनाएको हो भन्ने कुरा भने अझै आश्चर्यकै गर्भमा रहेको छ ।
मुस्ताङ उपत्यकाको फेदीभन्दा १ सय ५५ फिटको उचाइमा पहाडि पाखोमा रहेका ती गुफामा अहिलेसम्म कतिजना पुगे भन्नेबारे पनि केही थाहा छैन । प्राचीन मुस्ताङ राज्यमा रहेका ती आश्चर्यजनक गुफाहरु झण्डै एक हजारको संख्यामा छन् ।
9
हालै साहसिक फोटोग्राफर कोरी रिचार्डस्, पर्वतारोही पिट एथन्स, पुरातत्वविद् मार्क एल्डेन्डेफरलगायतको खोज टोली यी गुफाहरुमा पुगेर गुफाहरुको आश्चर्य खोतल्ने प्रयास गरेको छ ।
रिचार्ड भन्छन्, म नेपालको फोर्ते गाउँमा काम गरिरहेको थिएँ । म र एथन्सले शेर्पाहरुलाई सगरमाथा आरोहणको बारेमा सिकाइरहेका थियौँ । त्यही बेला एथन्सले मलाई मुस्ताङमा रहेका यी गुफाहरुको बारेमा बताए र त्यहाँ गरेर काम गर्न इच्छुक छौ ? भनेर सोधे । उनले मलाई ती गुफाहरुको बारेमा वर्णन गर्दा मैले कहिल्यै कल्पना पनि गर्न नसकेका विषयहरु बताइरहेका थिए । उनले जति मलाई बताएका थिए, म साँच्चिकै त्यो ठाउँमा पुग्दा अझ धेरै भव्य र विशाल लाग्यो ।
मुस्ताङका ती गुफाका अगाडि विश्वको चर्चित मरुभूमि क्षेत्र ग्राण्ड क्यान्योन निकै फुच्चे सावित हुने रिचार्डको तर्क छ ।
8
ती प्राचिन गुफाहरुभित्र १२ औँ शताब्दीतिरको सभ्यता पाइएको र ती गुफाभित्र बाह्रौँ शताब्दीमा एक गाउँ नै रहेको उनी बताउँछन् ।
डेली मेलका अनुसार यी गुफाको खोजका लागि ती विदेशी खोजकर्ताहरुले निकै जोखिम मोलेका छन् । अघिल्लो वर्षसमेत गुफा चढ्ने प्रयास गरेका रिचार्ड चढ्दाचढ्दै लडेर ढाडै भाँचिएको थियो भने भिडियो ग्राफर लिंकनको टाउकोमा ढुंगाले लागेर ठूलो चोट भएको थियो । तर अर्को वर्ष रिचार्डको टोली हिम्मत गरेर गुफा चढ्ने प्रयास गर्यो र सफल पनि भयो ।
मुस्ताङ गुफाको अनुभवबाट सिकेको पाठ भन्दै रिचार्ड भन्छन्, ‘हामीले विश्वका सामु के नयाँ कुरा पस्किन्छौँ भन्ने विषय विज्ञान, आविष्कार तथा संस्कृतिबीचको मिलन कसरी गराउँछौँ भन्ने कुरामा भर पर्छ ।
1
2
3
4
5
6
7
तस्वीरहरू डेलीमेलबाट copy from onlinekhabar.com

No comments:

Post a Comment