Tuesday, August 27, 2013

शाहरुखकी छोरी सना पनि हिरोइन


शाहरुख खानद्धारा अभिनीत चलचित्र ‘कुच कुच होता हें’ मा बाल कलाकारको अभिनयबाट सबैको मन जित्न सफल सना सइदले अब बलिउडमा अभिनेत्रीका रुपमा आफ्नो करियर सुरु गर्ने भएकी छन्।
सनाले ‘कुच कुच होत हे’ चलचित्रमा सनाले शाहरुखकी छोरी अञ्जलीको चुलबुले भुमिका निर्बाह गरेकी थिइन्। यसको अलवा उनले ‘बादल’ र ‘हर दिल जो प्यार करेगा’मा पनि बालकलाकारको रुपमा देख्न सकिन्छ। त्यस्तै, उनले करण जौहर निर्देशित गत वर्षको हिट चलचित्र ‘स्टुडेन्ट अफ द इयर’मा पनि छोटो भुमिका पनि निवार्ह गरेकी थिइन्।
सनाले कलर्स टेलिभिजनको डान्स रियालटी शो ‘झलख दिखलाजा’मा समेत भाग लिएकी थिइन् तर उनी टप फाइभ भित्र पर्न सकिनन्। उनले अभिनय गर्ने चलचित्रको नाम भने खुलाइएको छ।

No comments:

Post a Comment