Wednesday, August 28, 2013

ग्यालेक्स एस फाइभमा १६ मेगा पिक्सल क्यामेरा


स्मार्टफोन निर्माता कोरिन कम्पनी सामसुङले अहिले सम्मको सबैभन्दा सफल स्मार्टफोन सिरिजमा नयाँ संस्करण ल्याउने तयारी गरिरहेको छ। कोरियन समाचार माध्यमहरुले सामसुङ ग्यालेक्सी एस फोरको सफलता पछि फाइभ बजारमा उतार्ने योजनामा रहेको उल्लेख गरेका छन्। सामसुङ सेप्टेम्बर ४ मा ग्यालेक्सी नोट थ्री सार्वजनिक गर्ने तयारीमा रहेको छ। दक्षिण कोरियाकोइलेक्ट्रोनिक्स टाइम्स न्यूजले ग्यालेक्सी एस फाइभमा १६ मेगापिक्सलको क्यामेरा हुने उल्लेख गरेको छ।
बताइए अनुसार ग्यालेक्सी एस फाइभमा अप्टिकल इमेल स्ट्याबलाइजेसन (ओआइएस) सुविधा रहेको छ। सामसुङले ग्यालेक्सी नोट थ्रीमा नै यो सुविधा राख्ने योजना बनाएको थियो। ग्यालेक्सी एस फाइभ यो वर्षको अन्त सम्ममा तयार हुने र अर्को वर्षबजारमा उपलब्ध हुने बताइएको छ।

No comments:

Post a Comment