Monday, August 26, 2013

सबैभन्दा पातलो स्मार्टफोन चीनले बनायो


चिनियाँ मोबाइल कम्पनी बिवोले संसारकै सबैभन्दा पातलो स्मार्टफोन सार्वजनिक गरेको छ ।
बिवोले ५ दशमलव ७५ मिलिमिटर मोटाई भएमो बिवो एक्स थ्री मोबाइल बजारमा ल्याएको हो ।
यो फोनमा ५ इन्चको स्क्रिन रहेको छ भने १ दशमलव ५ गिगाहर्ज कार्ड कोर मिडियाटेक प्रोसेसर रहेको छ ।
बिवो एन्ड्रोइडको ४ दशमलव २ को जेलिबीन सफ्टवेयरमा चल्ने यो स्मार्टफोनमा ८ मेगापिक्सलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरासमेत  छ । २ वटा सिम प्रयोग गर्न मिल्ने विवो एक्स थ्रीमा १ जिबीको र्‍याम र १६ जिबीको इन्टरनल मेमोरी क्षमता छ । तर यसमा मेमोरी कार्ड रिडर भने छैन । यो स्मार्टफोन अहिले चिनियाँ बजारमा मात्र उपलब्ध छ ।  

No comments:

Post a Comment