Sunday, August 25, 2013

दुवै मा 'रिङ्ग 'टोन' त उस्तै आउँछ नि

गाउले परिवेश मा हुर्किएकी हाम्री 'छिमेकी भाउजु'
आज भोलि 'शहरी' बाताबरण मा घुलमिल भएकी छिन !

आधुनिकरण भएको छ उनको चालचलन र हाउभाउ हरु !!
भनौ न 'मपाइत्व' बढेको छ उनीमा आजकल !

कम पढेलेखेकी उनि, आफुलाई खुब विद्वान ठान्छिन,
अनि कुनै पनि कुरा मा छिटो भन्दा छिटो प्रतिक्रिया दिन्छिन !
यसैले त कहिले काँही नराम्ररी चिप्लिन्छीन उनि !

एक दिन पाहुना बनेर पुग्यो उनको घर मा ! शहर मा !!

आतिथ्य को सद्भाव देखाउदै उनले मलाई भनिन-
'चिया पिउनु हुन्छ नानी' ?

''नाइँ, मलाई 'एसिडिटी' छ, म चिया पिउन्न ..'' मैले उनलाई दुख दिन चाहिन !!

उनले हतार मा भनिन-
'एसिडिटी भएर के भयो र ? मेरो मोबाइल बाट गर्नुस न अनि 
मोबाइल मा त सबै लोकल नै हुन्छ नि 

उनले 'एसटिडी' बुझिन क्यारे  आफै लाई शरम लाग्यो  अनि मैले भनें-

'नाइँ भाउजु, मैले त्यो वाला 'एसटिडी' भनेको हैन मैले त मलाई पो 'एसिडिटी' छ भनेको त'' !

उनले फेरी प्वाक्क बोलिन-

'त के भयो ?
दुवै मा 'रिङ्ग 'टोन' त उस्तै आउँछ नि  

No comments:

Post a Comment