Wednesday, August 28, 2013

फेसबुकमा साझे फोटो एल्बम


तस्विर मासाबेलबाट लिइएको 

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले फोटो एल्बममा नयाँ सुविधा थपेको छ। फेसबुकले अब फोटो राख्ने सुविधाका साथ फोटोका एल्बम नै विभिन्न फेसबुक प्रयोगकर्ताले सम्पादन गर्न सक्ने साथै नयाँ फोटोहरु थप्न सक्ने सुविधा जोडेको छ। यो नयाँ सुविधा पछि फेसबुक प्रयोगकर्ताले आफूलाई मन परेका ५० जना फेसबुक साथीलाई एउटै एल्बममा फोटोहरु राख्न साथै हटाउन सकिने अधिकार बाँढ्न सक्छ। यसखालको सुविधा फेसबुकले हाल अध्ययन र परिक्षणका लागि केही प्रयोगकर्तालाई दिएको छ र यो विस्तारै सबै प्रयोगकर्तासम्म पुग्ने जनाएको छ।

मासाबेलले प्रकाशन गरेको रिपोर्टमा फेसबुकको कुनै प्रयोगकर्ताले एउटा फोटो एल्बम बनाए (क्रियट गरे) पछि त्यसको बायाँ तर्फो माथिल्लो भागमा एड कन्टि्रब्यूटर भन्ने अप्सन हुने उल्लेख गरेको छ। त्यही अप्सनको माध्यमबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो एल्बममा ५० जनालाई जोड्न सक्छन् भने त्यसमा हरेक सदस्यले दुर्इसयवटा फोटो राख्न सक्छन्। यसरी एउटा एल्बममा साझे गरेर १० हजार फोटो राख्न सकिन्छ।
फेसबुकको फोटो एल्बम साथीहरुसँग साझे गर्न सकिने सुविधासँगै फेसबुकले गोपनियतामा पनि ध्यान दिएको बताइएको छ। यस्ता साझे फोटो एल्बम कसले कसले हेर्न सक्ने भनेर निर्धारण पनि गर्न सकिन्छ। यो खालको सुविधा तत्काल परिक्षणमा रहेको र केही प्रयोगकर्ताका लागि मात्र उपलब्ध भएपनि विस्तारै अंग्रेजीमा फेसबुक चलाउनेलाई उपलब्ध हुनेछ भने मोबाइल संस्करणमा पनि यसको उपलब्धता छिटै हुनेछ।
विभिन्न प्रविधि ब्लग र साइटहरुले फेसबुकले ल्याएको यो साझे फोटो एल्बमको अवधारणालाई असफल भएको ‘कलर’ नाम गरेको एपसँग जोडेर तुलना गरेका छन्। जुन एपलाई गत साल मात्र एप्पलले किनेको थियो। फोटो एल्बम नै साझे गर्ने सुविधाको योजनामा तयार उक्त एप अहिले सम्म पनि निक्कै घाटामा रहेको छ। अहिले सम्म सफल भएको एल्बम साझा गर्ने एप भनेको ‘एल्बमेटिक’ रहेको नवभारतटाइम्सले उल्लेख गरेको छ।
फेसबुक भने सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक सञ्जाल जसमा सबैभन्दा धेरै फोटो र एल्बम छन् त्यसले गर्दा यसमा भने यो नयाँ फोटो एल्बमको अवधारणा सफल हुने विश्वास लिन भने सकिन्छ।

No comments:

Post a Comment